काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्सेमा) सूचीकृत ३३ लघुवित्त कम्पनीले चालु अर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश वित्तीय संस्थाको सूचक नकारात्मक छन्। यसरी लघुवित्त कम्पनीहरुको प्रतिसेयर अम्दानी लगायत अन्य सूचक घट्नुमा वाणिज्य बैंकहरुको ब्याजदर बढ्नु मुख्य कारण रहेको माइक्रोफाइनान्स एसोसिएसन नेपालका अध्यक्ष रामचन्द्र जोशीले बताए।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दिएको ‘बेस रेट’ लघुवित्त कम्पनीहरुमा पनि लागू भएको र वाणिज्य बैंकहरुको ब्याजदर प्रतिशत उच्च रहेकाले माइक्रोफाइनान्स कम्पनीहरुमा त्यसको प्रत्यक्ष प्रभाव परेको अध्यक्ष जोशीको भनाइ छ। उनले भने, ‘लुघुवित्त कम्पनीहरुले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न पाउँदैनन्। तर, बैंकहरुको ब्याजदर भने उच्च दरमा वृद्धि भएको छ। यसको प्रत्यक्ष मार लघुवित्त कम्पनीको वित्तीय विवरणमा परेको हो।’
हामीले लघुवित्त वित्तीय संस्थाहरुको सूचक अनुसार उनीहरुको वित्तीय अवस्थालाई केलाउने प्रयास गरेका छौं।
सबै लघुवित्त कम्पनीको कर्जा प्रवाह बढ्यो
सबै लघुवित्त कम्पनीको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कर्जा प्रवाह बढेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह साना किसान विकास बैंकले गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह २५ दशमलब ११ प्रतिशतले बढाएर १५ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ।
कुन माइक्रोफाइनान्सको कर्जा प्रवाह कति?

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी घट्यो
लघुवित्त कम्पनीहरुले कर्जा प्रवाह बढाए पनि खुद ब्याज आम्दानी भने वृद्धि गर्न सकेका छैनन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्मा १३ लघुवित्त कम्पनीको खुद ब्याज आम्दानीमा गिरावट आएको छ।
कम्पनीहरुको अपरिस्कृत वित्तीय विवरणअनुसार एनएमबी माइक्रो फाइनान्सको खुद ब्याज आम्दानीमा अत्याधिक मात्रामा गिरावट आएको छ। कम्पनीको खुद ब्याज आम्दानी १ हजार १ सय ४० प्रतिशतले घटेको हो।
कुन लघुवित्तको खुद ब्याज आम्दानी कति?

आधाभन्दा बढी लघुवित्त कम्पनीको मुनाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ लघुवित्त कम्पनीमध्ये १९ वटा कम्पनीको खुद मुनाफामा गिरावट आएको छ। यस अवधिमा सबैभन्दा धेरै किसान माइक्रोफाइनान्सको मुनाफामा गिरावट आयो। कम्पनीको मुनाफा अघिल्लो वर्षको यस अवधिमा भन्दा ८३ दशमलब ७९ प्रतिशतले घटेर १९ लाख ६४ हजार रुपैयाँ कमाएको छ।
यता, वोमी माइक्रोफाइनन्सले भने खुद मुनाफा उल्लेखिय रुपमा बढाएको छ। कम्पनीले खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ८४ दशमलब ३६ प्रतिशतले बढाएर १ करोड ८४ लाख रुपैयाँ कमाउन सफल भयो।
कसको मुनाफा कति?

दुई लघुवित्त कम्पनीको निस्क्रिय कर्जा शून्य
निस्क्रिय कर्जा न्यून भएका कम्पनीहरु तुलनात्मक रुपमा राम्रा मनिन्छन् र लगानीकर्ताको रोजाइमा पर्छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० लघुवित्त कम्पनीको निस्क्रिय कर्जा घटेको छ। त्यस्तै, २ कम्पनीको निस्क्रिय कर्जा भने शून्य छ। फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्ट्रर कम्पनीले निस्क्रिय कर्जा शून्य बनाएका हुन्।
कुन लघुवित्तको कति निस्क्रिय कर्जा?

किसान माइक्रोफाइनान्सको इपिएसमा गिरावट
चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरणमा किसान माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी (इपिएस) मा ७३ रुपैयाँ ७२ पैसाले गिरावट आएको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीको इपिएस ४ रुपैयाँ १९ पैसा मात्र छ। जबकि अघिल्लो वर्षको दोस्रो त्रैमासमा कम्पनीको इपिएस ७७ रुपैयाँ ७१ पैसा थियो।
कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।