नयाँ दिल्ली (एजेन्सी)– बलिउड सुपरस्टार सलमान खानले आफूलाई भद्दा मजाक मन नपर्ने बताएका छन्। ‘कमेडी हाई स्कुल’ को प्रिमियर एपिसोडमा देखिएका सलमानले आफूलाई अनावश्यक घोचपेच नभई सादगीपूर्ण कमेडी राम्रो लाग्ने स्पष्ट पारे।
‘मलाई अनावश्यक टिका–टिप्पणी भएको कमेडी मन पर्दैन,’ उनले भने। ‘कमेडी हाई स्कुल’ को सुटिङमा समावेश सलमानले शो राम्रो बनेको बताए। सलमान उपस्थित प्रिमियरको प्रसारण शनिवार भारतीय टेलिभिजन च्यानल ‘डिस्कभरी जित’ मा हुँदैछ। सलमानले शोमा समावेश भएवापत ४ करोड रुपैया पारिश्रमिक लिएको यसअघि नै विभिन्न मिडियामा सार्वजनिक भइसकेको छ।
शोलाई राम कपुरले सञ्चालन गर्दैछन्। यसमार्फत समाजमा रहेको विकृतिलाई व्यंग गर्न लागिएको छ। शोमा गोपाल दत्त, पारितोष त्रिपाठी, कृष्णा भट्ट, जसमीत भाटिया र दीपक दत्ता समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।