काठमाडौं- पप गायक ओमविक्रम विष्टको उपचारमा सहयोगका लागि शुक्रबार साँझ ललितपुरको झम्सीखेलमा सांगीतिक कार्यक्रम हुँदैछ। झम्सीखेलस्थित 'एट डिग्री' रेस्टुरेन्टमा सन् ९० को दशकका चर्चित गायकहरुले आफ्नो प्रस्तुति दिनेछन्। भीम तुलाधर, सञ्जय श्रेष्ठ, ज्योति घिमिरे लगायतका गायकको प्रस्तुति कार्यक्रममा सुन्न र हेर्न सकिनेछ।
कार्यक्रममा संकलित रकम अमेरिकामा उपचाररत नेपाली पप गायनका हस्ती विष्टको उपचारका लागि दिइनेछ।
दुवै मिर्गौला खराब भएका विष्ट अमेरिकाको न्युयोर्कमा उपचाररत छन्। अस्पतालमा डाइलाइसिस गराइरहेका उनको मिर्गौला प्रत्यारोपण गर्न दाताको खोजी भइरहेको छ।
'म मौनतामा अल्झिरहेको एउटा जीवन', सुन चाँदीभन्दा महँगो यो ज्यानलाई' लगायत चर्चित गीतका गायक विष्टलाई नेपालमा पप गीतको सुरुवात गरेको श्रेय दिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।