काठमाडौं- नेपाली पुँजी बजार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजनीतिक गतिविधिसँग जोडिने गरेको देखिन्छ। यसको प्रत्यक्ष प्रभाव यो साता नेप्से परिसूचकमा परेको देखिन्छ।
लामो समयदेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक नयाँ सरकार बन्ने हल्लासँगै बुधबार समान्य अंकले बढेको थियो। बुधबार परिसूचक ८ दशमलब ६५ अंकले बढ्नुका साथै कारोबार रकममा पनि सुधार आएको थियो।
बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सपथ लिए। सोहि कारण लगानीकर्तामा एक किसिमको उत्साह थपियो र देशले स्थायी सरकार पाउने आशामा लगानीकर्ताहरु सेयर खरिद गर्नेतर्फ लागेको देखिन्छ। बिहीबार परिसूचक ३६ दशमलब ०१ अंकले बढेर १ हजार ४ सय २४ दशमलब ९५ अंकको बिन्दुमा रोकिएको छ।
परिसूचकमा सुधार आए पनि यो साता कारोबार रकमा भने सुधार हुन सकेको छैन। अघिल्लो साताको तुलनामा कारोबार रकममा शून्य दशमलब ६२ प्रतिशतले कमि आएको छ। यस साता एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँको मात्रै सेयर कारोबार भएको छ। जबकि अघिल्लो साता एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका सेयरहरु खरिद बिक्री भएका थिए।
बिहीबार मात्रै १ सय १० कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा राखेको छ। यहि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ४९ अंकले बढेर ३ सय १ दशमलब ३० अंकमा आईपुगेको छ।
यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकको ६ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
यस साता कारोबारको आधारमा सर्वाधिक ५ कम्पनीहरु:

यस साता यी ४ कम्पनीको सेयर सूचीकृत भएः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।