नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता शाहिद कपुरका भाई ईशान खट्टरको पहिलो फिल्म ‘वियोन्ड द क्लाउड्स’ यही मार्च २३ तारिखदेखि रिलिज हुने भएको छ।
भाई–बहिनीको सम्बन्धमा आधारित यो फिल्मको पुष्ठभूमि भारतीय हो तर इरानी निर्माता माजिद मजिदीले बनाएका हुन्। फिल्मको विश्वव्यापी रिलिज भने २० अप्रिलमा हुनेछ।
ईशानसँगै फिल्ममा मालविका मोहननको पनि अभिनय छ। ईशानले सन् २००५ मा बाल कलाकारको रुपमा भारतीय सिनेमामा काम गरेका थिए। उनले त्यतिबेला ‘वाह! लाइफ हो तो यैसी’ मा अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।