नयाँ दिल्ली (एजेन्सी)– पंजाब नेशनल बैक (पीएनबी) ठगी काण्डका अभियुक्त निरव मोदीसँगको व्यापारीक सम्झौता भंग गर्ने अभियानमा बलिउड अभिनेत्री प्रियंका चोपडा लागेकी छिन्। प्रियंका मोदीको ज्वेलरी डिजाइन कम्पनीकी सद्भावना दूत हुन्। उनी मोदीको कम्पनीसँग भएको सम्झौता भंग गर्न कानुनी सल्लाहमा जुटेको भारतीय मिडियाहरूले जनाएका छन्।
प्रियंकाकी प्रवक्ताले दिएको जानकारी अनुसार मोदीविरूद्ध प्रियंकाले हालसम्म मुद्धा दायर गरेकी छैनन्। तर, उनी कम्पनीसँगको सम्झौता रद्ध गर्ने अभियानमा छिन्। यसअघि विभिन्न मिडियामा प्रियंकाले मुद्धा दायर गरेको समाचार सार्वजनिक भएको थियो।
प्रियंका हलिउडमा ‘क्वान्टिको’ शृखंलाको सफलतापछि निकै हिट छिन्। उनले जनवरी २०१७ मा लक्जरी डायमन्ड ज्वेलरीसँग सद्भावना दूतको रुपमा सम्झौता गरेकी थिइन्। उनले कम्पनीसँग तीन वर्षका लागि २८ लाख अमेरिकी डलरको सम्झौता गरेकी थिइन्।
पंजाब बैकले ठगीको मुद्धामा निरव मोदी, उनका भाई निशाल, श्रीमती एमीविरूद्ध सिबिआईमा मुद्धा दायर गरेको थियो। उनीहरूविरुद्ध ११ हजार ५ सय करोड रुपैयाँ ठगीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।