अभिनेत्री प्रियंका चोपडा कालो वर्णकी छिन् । उनले हेभी मेकअपले सार्वजनिक स्थानमा अनुहारको वास्तविक रङ छोप्ने गरेकी छिन् । अनुहारको सुन्दरतासँगै छरितो फिगर मेन्टेन गर्न पनि उत्तिकै सचेत छिन् । उनी हरेक दिन घरमा नृत्य गर्छिन् । साथै, व्यायाम र योग पनि गर्छिन् । कपाल दह्रो बनाउन उनी तातो तेलले कपाल मसाज गर्छिन् । यसो गर्दा कपाल आकर्षक र दह्रो हुनुको साथै फुर्तिलो महसुस हुने उनको अनुभव छ । प्रियंकाको ओठ अलिक बढी फुट्ने गर्छ । त्यसैले घर बस्दा उनी ओठमा दूधको क्रिम लगाउने गर्छिन् । बाहिर हुँदा ईओएस ब्रान्डको लिपबाम लगाउने गर्छिन् । जतिसुकै थकित भएर अथवा मातेर घर फर्किएपछि राति मुख नधोई सुत्न जाने प्रियंकाको बानी छैन । आँखा वरिपरि लगाएको मेकअप रिमुभ गर्न उनी अतिरिक्त समय लिने गर्छिन् । खासगरी आँखा र ओठलाई बढी स्याहार्नु पर्ने उनी बताउँछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।