काठमाडौं– सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.७ अनुपातमा १ सय रुपैयाँ दरको २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।
माघ २५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले चैत २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन्।त्यस्तै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ।
स्याङजाको पुतलीबजारमा रहेको संस्थाको हाल चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६ करोड ८० लाख रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।