• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यो जोडीको आँखा झिम्क्याइले म कायल भएँ : निर्देशक, ओरु अदार लभ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०७४  १०:२९
1140x725

नयाँदिल्ली- ओमार लुलुको रिलिज हुने तयारीमा रहेको मलयालम फिल्म ‘ओरु अदार लभ’ यतिबेला चर्चामा छ। किनकि फिल्म रिलिजअघि नै यसभित्रको गीत ‘मनिक्या मलाराया पुभी’ निकै हिट भइसकेको छ। गीतमा समावेश एक दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। 

सो दृश्यमा फिल्मकी नायिका प्रिया प्रकाश वारियर र नायक रोशन अब्दुल रहुफले आँखाको इसारामै रोमान्स गरेको देख्न सकिन्छ। कक्षामा रहेका बेला उनीहरुले इसाराले नै आफ्ना कुरा एकअर्कामा व्यक्त गरेका छन्। 

गत फेब्रुअरी ९ मा रिलिज सो गीतलाई हालसम्म युट्युबमा करिब २ करोड ४३ लाखले हेरिसकेका छन्। गीत भाइरल भएपछि फिल्म निर्माण युनिटले टिजर सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक टिजरमा पनि दुवै नायक-नायिकाको प्रेमाकर्षणलाई देखाइएको छ। 

नायिका प्रियाले आफ्नो चुम्बनलाई गोली हानेको स्वरुपमा नायक रोशनतिर प्रहार गरेकी छन्। ‘चुम्बनवाला गोली’ प्रहारपछि रोशनले गोली लागेर ढलेको अभिनय गरेका छन्। टिजर हालसम्म एक करोड ८ लाखभन्दा बढीले हेरिसकेका छन्।

फिल्म निर्देशक ओमार लुलुले हालसम्म हेप्पी वेडिङ (२०१६) तथा चुन्क्ज (२०१७) फिल्म निर्देशन गरिसकेका छन्। ३३ वर्षकै उमेरमा २ वटा ‘ब्लकबस्टर’ हिट दिएका युवा निर्देशक लुलुको आगामी जुनमा रिलिज हुने फिल्म र चर्चामा रहेको सोही गीतको पेरीफेरीमा उनीसँग अनुभा जर्जले स्क्रोल डट इनका लागि गरेको कुराकानीः

फिल्मको शीर्षकले के अर्थ दिन्छ? 
मलयालम भाषामा ‘ओरु अदार लभ’ भन्नाले असाधारण माया भन्ने बुझिन्छ। युवाहरुका लागि लक्षित गरी बनाइएको सो फिल्म सांगीतिक प्रेम कहानीमा आधारित छ। यसमा ८ वटा गीत समावेश छन्। ११/१२ कक्षामा पढिरहेका स्कुले विद्यार्थीको बसाइ, प्रेम तथा मित्रतामा आउने उतारचढावलाई फिल्ममा उतारिएको छ। जसमध्ये एक कहानीले भने असाधारण मायाको प्रतिबिम्बित गरेको छ। त्यही नै वास्तविक ‘ओरु अदार लभ’ हो। 

फिल्ममा यसबाहेक अन्य विभिन्न प्रकारले गरिने मायालाई प्रस्तुत गर्न खोजिएकोले दर्शकले आफ्नो स्वादअनुसार उत्कृष्ट छान्न सक्नेछन्। फिल्ममा ५ नायक तथा ४ नायिकाको अभिनय देख्न सकिन्छ। फिल्म आगामी इदलाई लक्षित गरी जुनमा रिलिज हुँदैछ।

Ncell 2
Ncell 2
nimb
nimb

हाल चर्चित भएको गीतको बारेमा बताउनुस् न? 
‘मनिक्या मलराया पुभी’ भनेको मोती फूल हो जसलाई अमूल्य ठानिन्छ। मुस्लिम समुदायमा चर्चित गीत ‘मपिला पट्टु’ दक्षिण भारतस्थित मलाबर क्षेत्रको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा प्रसिद्ध छ। यो गीत इस्लाम धर्मका प्रवर्तक मोहम्मद र उनकी श्रीमती खादिजाको प्रेम कथामा आधारित छ। मेरी आमालाई यो गीत असाध्यै मन पर्छ। यो गीत मेरो बालापनको एक अंशको रुपमा रहेको छ। यसकारण पनि यही गीतको आधारमा नै ‘मनिक्या मलराया पुभी’ तयार गरिएको छ। 

यो गीत यति चर्चित होला भन्ने सोच्नुभएको थियो?
यो गीतलाई सन् १९७८ मा पिएमए जब्बरले लेखेका हुन्। जसमा थलासेरी के रफिकले संगीत भरेका छन्। जब मैले यो गीतको कपिराइट खरिद गरेँ, मलाई लागेको थियो कि यो सबैतिरका श्रोतासँग जोडिन्छ। 

शान रहमानले पुनः संगीत दिएपछि यो गीतले नयाँ स्वाद पायो र फिल्ममा समावेश गरिएको हो। गीतमा स्वर दिएका विनीत श्रीनिवासनाले सुमधुरता भर्न निक्कै मेहनत गरेका छन्। रहमानले करिब ३/४ घन्टाकै अन्तरालमा संगीत दिएर मलाई इमेल गरेका थिए। त्यसपछि जब गीत सुनेँ, विश्वले मन पराउनुपूर्व नै यो गीत मलाई असाध्यै मन परेको थियो। 

मुस्लिम समुदायको लोकगीतलाई फिल्ममा समेट्नुभएको छ। हालसालै त गीतलाई लिएर विरोधको आवाज पनि सुनिएको छ नि? 
भारतभित्र तथा विश्वभरका मानिसहरुले यो गीतलाई माया गरेका छन्। तर पनि केही पुरातन सोच राख्ने मुस्लिम समुदायभित्र भने यसलाई फरक अर्थमा लिइएको छ। उनीहरुले मोहम्मद र उनकी श्रीमतीको प्रेमकथामा आधारित लोकगीत फिल्ममा समेट्नुलाई अपमान गरेको रुपमा बुझेका छन्। तर त्यो संख्या निकै कम मात्र छ। तर मलाई भने यो लाग्छ कि गीतमार्फत मोहम्मद र उनकी श्रीमतीको ऐतिहासिक प्रेमकथा धेरै श्रोताका माझमा पुग्न सकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्मकी नायिका प्रिया प्रकाश वारियरबारे के भन्नुहुन्छ? 
सुरुमा फिल्ममा सानो भूमिकाका लागि मात्रै प्रियाले अडिसन दिन आएकी थिइन्। सो भूमिकाका लागि उनलाई पनि छानेका हौँ। उता स्क्रिनमा प्रियासँगै रोमान्स गरेका रोशन अब्दुल रहुफले पनि अडिसनमा निकै राम्रो अभिनय गरेका थिए। 

जब मैले यी दुवैलाई एकैसाथ देखेँ, तब यिनीहरुको जोडी निकै सुन्दर लाग्यो। मैले दुवैलाई आँखाले इसारा गर्न भनेँ। मेरो आशामा उनीहरु खरो उत्रिएपछि हामीले त्यो सिन सुट गर्‍यौं।

यो कुनै पूर्वनिर्धारित योजना थिएन। छोटो समयको छलफलमा नै यसलाई टुंग्याएका थियौँ। यो दृश्य मेरो व्यक्तिगत चाहना मात्रै थियो भन्दा पनि हुन्छ।

३३ वर्षको उमेरमै २ वटा हिट फिल्म दिइसक्नुभएको छ। तपाईंको फिल्ममा के हुन्छ, जसले दर्शकलाई तान्छ?
पछिल्ला दुवै फिल्ममा नयाँ अनुहारहरु छन्। मलाई लाग्छ आजकल दर्शकहरुले पर्दामा नयाँ चेहरालाई हेर्न रुचाइरहेका छन्। यसका अलावा मेरा फिल्म युवाहरुकै लागि बनेको हुन्छ, जो पहिलो शो हेर्नका लागि हलसम्म पुग्छन्। 

युवाहरु मनोरञ्जनका लागि बढी मात्रामा फिल्म हेर्ने गर्दछन्। मलयालम फिल्महरु भने सामान्यतया सत्यकथामा आधारित हुन्छन्। तर मनोरन्जनप्रधान फिल्म हेर्नेको जमात पनि बाक्लो छ। म व्यक्तिगत रुपमा बलिउडका बादशाह शाहरुख खानको प्रशंसक हुँ। मलाई उनको फिल्म ‘चेन्नई एक्सप्रेस’ असाध्यै मन पर्छ। 

इन्साअल्लाह! ‘ओरु अदार लभ’ले पनि मनोरञ्जनको बजारमा आफूलाई प्रमाणित गर्नेछ। 

(अनुवादः विमर्श कँडेल)

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्