फिल्म कोहलपुर एक्सप्रेसको रोमान्टीक गीत सार्वजनिक भएको छ। केकी अधिकारी निर्मित फिल्म कोहलपुर एक्सप्रेसको 'अब मनसँग मन' बोलको रोमान्टीक गित सार्वजनिक भएको हो।
नायीकाबाट अब निर्माता समेत बेनेकी केकी अधिकारीले प्रणय दिवसको अवसरमा चलचित्रको दोस्रो गीत रिलिज गरेकी हुन्।
सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारी र अभिनेता विनोद न्यौपाने फिचर भएका छन्। गीतमा सुगम पोख्रेल र अञ्जु पन्तले स्वर दिएका छन्। अर्जुन पोख्रेलले संगीत दिएको सो गीतको शब्द पोख्रेल आफैले लेखेका हुन्।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतलाई निकै उत्कृष्ट ढंगबाट दृश्यांकन गरिएको छ।
बैशाख १४ बाट प्रर्दशनमा आउने भनिएको कोहलपुर एक्सप्रेसमा केकी र बिनोदसँगै, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धी तामाङ, रविन्द्र झा, बालकलाकार कुशाग्र भट्टराई लगायतको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।