काठमाडौँ- उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा १ सय २ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि स्वीकृति दिएको छ। चिनिया कम्पनीले निर्माण गर्ने सो आयोजना २० अर्ब ३८ करोडको लागतमा बन्नेछ।
औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २ सय २४औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।