नयाँ दिल्ली (एजेन्सी)– सुपरस्टार आमिर खानको फिल्मले ४–५ सय करोड रुपैयाँको व्यापार गरेको खबर हिजोआज सवैका लागि सामान्य बन्न थालेको छ। अन्य कलाकारका लागि यो दिवासपना नै हो।
अझ, उनको दुईवटा फिल्मको कुरा गर्ने हो भने यसले सवैलाई चकित तुल्याएको छ। सन् २०१६ मा प्रदर्शीत फिल्म ‘दंगल’ को कीर्तिमानी कमाईपछि ‘सीक्रेट सुपरस्टार’ ले पनि तहल्का पिटेको छ।
बलिउडका व्यापार विश्लेषक रमेश बालाका अनुसार ‘सीक्रेट सुपरस्टार’ ले व्यापारको विषयमा भारतीय फिल्म उधोगमा नयाँ कीर्तिमान बनाएको छ। यो फिल्मको विश्वव्यापी कमाई नै अहिले ९ सय करोड नाघिसकेको छ। रोचक तथ्य यो फिल्मले चीनमा मात्र ७ सय ४८ करोडको कमाई गरेको थियो।
आमिर खान बलिउडका एक्ला यस्ता अभिनेता हुन्, जसको तीनवटा फिल्मले बक्स अफिसमा शीर्ष–३ स्थान कब्जा गर्न सफल भएको छ। यो सूचीमा पहिलो नम्बरमा दंगल (२०१६), दोस्रोमा ‘सीक्रेट सुपरस्टार’ (२०१७) र तेस्रो स्थानमा ‘पीके’ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।