• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

प्रधानमन्त्री ओलीले गायक शिशिर योगीलाई भने- अब एउटा मान्छे खोज्न छाडिदिनुहोस् 

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  २०:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले 'म यो देशमा एउटा मानिस खोजिरहेछु' का गायक शिशिर योगीलाई मान्छेको खोजी छाड्न सुझाएका छन्।

बुधबार सांसद शान्ता चौधरी र गीतकार भगवति न्यौपानेको गीत रिलिजका क्रममा उनले यस्तो बताएका हुन्।

अग्रभागमा बसेका गायक योगीलाई लक्ष्य गर्दै ओलीले भने, ‘शान्ता चौधरीले यी सबै काम गर्न छाडेर म एउटा मान्छे खोजिरहेछु भन्दै हिडिरहेको भए कोही भेटिँदैनथ्यो। आफैं त्यही मान्छे बन्न खोज्नुभयो। कमलरीबाट आज शासन गरिरहेको पार्टीको संसदीय दलको सचेतक हुनुहुन्छ। म पनि मान्छे खोज्न थालिनँ, देश मैले नै बनाउने हो भनेर लागें।’ 

प्रधानमन्त्री ओलीले कमलरी बसेकी, खान लाउन नपाएकी एउटी फुच्ची आज आएर सत्तारुढ पार्टीको संसदीय दल चलाउने सचेतक बन्नुको कारण त्यो मान्छे आफैं बन्ने लक्ष्य लिएर भएको बताए। यिनै कारणले हिजो सत्तामा बसेर अत्याचार गर्नेहरु आज सडकमा राइरहेको बताए। उनले भने, 'यही हो परिवर्तन भनेको। शान्ता चौधरीले एसईई गर्नुभयो, हामीले हेर्दा हेर्दै पिएचडी गर्नुभयो भने आश्चर्य नमाने हुन्छ।’

विमोचित चार मध्ये एक गीतका गायक योगीले आफ्नो चर्चित गीत 'म एउटा मान्छे खोजिरहेछु'को एक टुक्का गाएका थिए। प्रसंग जोड्दै उक्त मान्छे भेटिएको दिन गीत गाउन छाड्ने बताए। त्यसैको जवाफमा प्रधानमन्त्रीले थपे, ‘शिशिरजी, तपाईंको गीतले खोजेको मान्छे तपाईं स्वयं हो।’

उनले मान्छे खोज्ने हो भने आफैंभित्र खोज्न सुझाउँदै भने, 'तपाईंले खोजेको मानिस तपाईं नै हो। देश बनाउने तपाईंले नै हो।’

अर्का कलाकार बद्री पंगेनीले विचार मरेर महल बन्न थाल्यो भन्दै गीत गाएका थिए।

सँगै उनले बिग्रिएको बाटाका विषयमा कुरा उठाए। उनको कुरामा पनि प्रधानमन्त्रीले जफाव फर्काए। भने, ‘महल नै बनाउने हो। झुपडी बनाउने होइन। झुपडी विस्थापित नै गर्ने हो। त्यही काममा लागिया छ। अस्ति नै बारापर्सामा आठ सय ६९ घर उडायो। फुसको घरको ठाउँमा पक्की घर बनायौं। यो हेर्न किन बिर्सनुहुन्छ?’ प्रधानमन्त्रीले  देशमा यस बीचमा १६ सय किलोमिटर सडक बनेको दोहोर्याए। 

Ncell 2
Ncell 2

प्रधानमन्त्रीले शान्ता चौधरी र भगवती न्यौपानले  यथार्थ लेखेर जोखिम मोलेको बताए।  उनले भने, ‘अहिले सरकारलाई गाली गर्दा ताली पाइन्छ, सरकारले गरेको राम्रो काम देख्दा गाली पाइन्छ। यस्तो बेला पनि उहाँहरु सत्यको पक्षमा उभिनुभएको छ।’

कार्यक्रममा आफ्नो गीतमा उल्लेखित भाव प्रकट गर्दा  सांसद चौधरी भावुक बनिन्। उनका आँखा पटकपटक अवरुद्ध भए। उनले जातीय कुरा धेरै उठ्ने गरेको बताउँदै वर्गीय विभेद अहिलेको मुख्य चुनौती रहेको बताइन्। आफूले भन्ने गरेको कुरालाई दोहोर्‍याउँदै भनिन्, 'म थारु भएर कमलरी बस्नु परेको होइन। गरिब भएर बस्नु परेको हो।'

एकसाथ रिलिज गरिएका चार वटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन्।

सांसद चौधरीले आफ्नो जीवनको पूवार्द्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छन्।

आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन्। यसैगरी न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन्। अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ। 

सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा सवैप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ।

न्यौपानेद्वारा रचित एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ। गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन्।

म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ। राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोहरुको सम्पादन विष्णु शर्माले गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर
धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध
रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज सुनुवाइ हुने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
सुनचाँदीको मूल्य सामान्य बढ्यो मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्