काठमाडौं- सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले पहिलो कारोबारका लागि १ सय २ रुपैयाँदेखि ३ सय ७ रुपैयाँ सम्मको रेञ्ज पाएको छ। नेप्सेले कम्पनीको साधारण सेयर (आइपिओ) लाई पहिलो कारोबारको लागि यो मूल्य रेञ्ज दिएको हो।
कम्पनीको सेयर नेप्सेमा एसएमबी (SMB) ‘सिम्बोल’बाट कारोबार थाल्नेछ।
कम्पनीको आइपिओ माघ २५ गते नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको ६ लाख कित्ता आइपिओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले असोज १८ गतेदेखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात् ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ९ हजार कित्ता कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। यस्तै, १ लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको थियो।
जसमध्ये आइपिओमा १६ हजार ७४० जना आवेदकले गोलाप्रथाद्वारा १० कित्ता सेयर पाएका थिए। कुल २ लाख ३५ हजार २४८ जनाको वैद्य आवेदक मध्येबाट १६ हजार ७४० जनाले मात्रै सेयर पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।