काठमाडौं- नेपाली कांग्रेसले असोज २६ मा चियापान तथा शुभकामना आयोजना गर्ने भएको छ।
प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाका दिन गरिने चियापान कांग्रेस केन्द्रिय कार्यालयमा हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।
पर्वहरुको अवसरमा कांग्रेस गर्दै आएको चियापान उपत्यका बाहिरका जिल्लामा समेत हुने भएको छ।
०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गरेको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदानको निरन्तरता क्रममा आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्दैछ।
विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।