• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सेलाउँदैछ सभामुखमाथिको आरोप : प्रहरी जाहेरी पर्खने, आरोपी पीडितलाई 'फकाउने'

कार्यक्रम छाडेर आइजी र प्रधानमन्त्रीबीच गोप्य भेट
64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  १५:३५
1140x725

काठमाडौं- संसद् सचिवालयकी एक महिला कर्मचारीले सभामुख कुष्णबहादुर महराले आफूमाथि बलात्कार गरेको गम्भीर आरोप लगाइन्। आइतबार राति तीनकुनेस्थित आफ्नै डेरामा रक्सी लिएर आएका महराले रक्सीको नसामा जबर्जस्ती करणी गरेको उनको आरोप थियो।

जबर्जस्ती गरेपछि 'प्रहरीलाई खबर गर्छु' भनेपछि महरा बाहिरिएको ती महिलाको भनाइ छ। त्यसलगत्तै प्रहरीलाई महिलाले खबर गरेकी थिइन्। महानगरीय प्रहरी वृत्त नयाँ- बानेश्वरबाट प्रहरीको एक टोली घटनास्थल पुगेको थियो। 

पीडित भनिएकै महिलाको भनाइलाई आधार मान्ने हो भने प्रहरी राति नै महिलाको कोठामा पुगेर क्राइम सिन अवलोकन गरेर फोटो समेत खिचेर गएको भन्ने बुझिन्छ।

यसबारे नेपाल लाइभसँग कुरा गर्दै प्रहरी अधिकारीले प्रहरी घटनास्थल गएको पुष्टि गरेका छन्। सोमबार साँझ महरा सचिवालयले महिलाको भनाइ खण्डन गरेको थियो। तर मंगलबार नेकपा सचिवालयले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्यबाटै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाए पनि महराले सभामुख पदबाट सर्तसहित राजीनामा दिएका छन् भने प्रतिनिधि सभा सदस्यबाट राजीनामा नै दिएका छैनन्।

महराको राजीनामा आए पनि अनुसन्धानले गति लिने भन्ने कुरामा भने शंका गर्ने ठाउँ देखिएको छ। राति नै प्रहरी घटनास्थल पुगेपछि ‘क्राइन सिन’ सुरक्षित गर्नु पर्ने, आफूलाई पीडित दाबी गरिएकी महिलाको मेडिकल जाँच गर्नुपर्ने, महिलालाई प्रहरीले संरक्षण दिनुपर्ने जस्ता अत्यावश्यक कामहरु भएको देखिँदैन। उल्टै आफू पीडित भएको दाबी गर्ने महिला ‘सुरक्षा थ्रेट’आएको बताउँदै आएकी छन्।

प्रहरीका एक अधिकारी भन्छन्, ‘हाई प्रोफाइल रेप केसमा ७५ प्रतिशत महिला एक्स्पोज हुनुभन्दा पहिला पीडित भएका हुन्छन्। तर सामान्य केसमा एक्स्पोज भइसकेपछि पीडित हुने गरेका छन्।’ अर्थात् हाइ प्रोफाइल व्यक्तिले गरेको बलात्कारमा पीडित भनिएका महिलाले आफूलाई एक्सपोज गर्न सक्दैनन्। र वर्षौंसम्म पीडित भएर बस्छन्। सामान्य व्यक्तिले गरेको बलात्कार केशमा भने सुरुमै पीडित भनिएकी महिला एक्सपोज हुन्छन् र पछि आर्थिकमा कुरा मिलेपछि उनीहरु होस्टाइल हुने गरेका छन्।

तर यो केसमा भने हाइ प्रोफाइल व्यक्ति जोडिएकाले यस घटनामा संलग्न भनिएकी महिलाका हकमा भने माथिल्लो भनाई लागू हुने अवस्था नभएको स्रोतले बताउँछ। पीडितलाई जाहेरी दिन लगाएर प्रहरीले अनुसन्धान गर्नु पर्नेमा  'जाहेरी आएको छैन' भन्दै प्रहरी नै पन्छिने गरेको छ। यसबारे नेपाल लाइभले सम्बन्धित प्रहरी अधिकारीसँग प्रश्न गर्दा उही उत्तर आयो, ‘आन्तरिक अनुसन्धान छँदैछ। मुख्य कुरो जाहेरी आउनु पर्‍यो।’

अर्कोतर्फ आरोपित पक्ष भने कुनै पनि हालतमा महिलालाई कन्भिन्स गराउने पक्षमा देखिएको छ। एक अनलाइन मिडियाले पोस्ट गरेको भिडियोले उक्त कुराको पुष्टि गर्छ। जहाँ महराले आफ्नो व्यक्तिगत मोबाइलबाट ती महिलालाई फोन गर्दै घटना सामान्य भएको र मिडियामा नजान आग्रह गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी महिलालाई कन्भिन्स गराउन खोज्ने र प्रहरी जाहेरी पर्खेर बस्ने भएपछि महिला थप पीडित बन्न सक्ने अवस्था आउन सक्ने कुराको आँकलन गर्छन् एक बहालवाला प्रहरी अधिकारी।

सामान्य नागरिकका केसमा भने प्रहरीले जाहेरी नलिई पनि प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउन सक्छ। तर महराका हकमा भने किन त्यस्तो हुन सक्ने? यस विषयमा प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘अहिले नै पक्राउ गरियो भने भोलि प्रहरी नै पंगु हुने अवस्था पनि आउन सक्ने देखिन्छ। पीडित भनिएकी महिला आफूमाथि कुनै दुव्यवहार नभएको, कुनै आवेशमा आएर त्यस्तो कुरा बताएको भनेको अवस्थामा प्रहरीले तत्कालै छाड्नु पर्ने अवस्था आउँछ।’

काठमाडौंमै रहेकी महिला, त्यो पनि केही मिटरको दूरीमा प्रहरी कार्यालय भएको अवस्थामा अहिलेसम्म जाहेरी नआउनुको कारण पनि भित्रभित्रै केही खिचडी पाक्न थालेको शंका गर्ने ठाउँ देखिएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। स्रोतका अनुसार आरोपित महिलाका श्रीमानको पनि महरासँग राम्रो सम्बन्ध छ। महरा पक्षले महिलाको श्रीमानसँग फोन गरेर घटना जे-जस्तो भए पनि मिल्नुको विकल्प नभएको बताएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

घटना भएको तीन दिन भइसक्दा पनि जाहेरी नआउनुको कारण यही रहेको बताइन्छ।

कार्यक्रम छाडेर आइजी र प्रधानमन्त्रीबीच गोप्य भेट
महरामाथिको आरोप सामसुम हुन नसक्ने भन्ने संकेत केही घटनाले भने देखाएको छ। मंगलबार बिहान ८ बजे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र ९ बजे महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बनेको नयाँ भवन आइजी सर्वेन्द्र खनालले उद्घाटन गर्ने कार्यक्रम थियो। 

सोह्रखुट्टे वृत्तको भवन उद्घाटन गर्दानगर्दै प्रधानमन्त्री कार्यालयबाट आइजी खनाललाई तत्कालै बोलावट भएको जानकारी आयो। सोह्रखुट्टेको कार्यक्रम सकेर महाराजगञ्ज जाने कार्यक्रम तय भएको भए पनि आइजी खनाल १० मिनेटमै आउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र आइजी खनालबीच महराका बारेमा झण्डै एक घण्टा लामो छलफल भएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

‘प्रधानमन्त्री ओलीले सभामुख महराका विषयमा अहिलेसम्म आएका घटनाबारे जानकारी लिनुभयो,’ स्रोतले भन्यो। महरालाई राजीनामा दिन लगाएर अनुसन्धानमा सहयोग गर्न भनिसकेको पनि बताइएको थियो। 

जसकारण महरामाथिको अनुसन्धान हुनसक्ने केही आशाका पाटा बाँकी रहेको पनि स्रोतको भनाइ छ।

प्रधामन्त्रीसँगकै भेटका कारण ९ बजे उद्घाटन गर्ने भनिएको महाराजगञ्ज वृत्तको भवन एक घन्टा ढिला १० बजे उद्घाटन भएको थियो। यद्यपि प्रहरीले आन्तरिक रुपमा अनुसन्धान भने गरिरहेको दाबी गरेको छ।

सम्बन्धित समाचार

  • सभामुखको राजीनामापछि घटनास्थलबाट सबुत प्रमाण बरामद, पीडित भनिएकी महिलाको फेरियो बोली

  • महराको राजीनामापछि सभामुख पद कुन दलले पाउला?

  • सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

  • महराका विषयमा नेकपा सचिवालयको निर्णय- सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनू

  • दोषी देखिए महरालाई १३ वर्षसम्म कैद हुनसक्ने 

  • कांग्रेसको प्रश्न- महराले सभामुखबाट राजीनामा दिनुभएको हो कि कार्यभारबाट?

  • सांसद पदबाट पनि राजीनामा दिन दिएको पार्टीको सुझाव महराले मानेनन्

  • सभामुख सचिवालयको खण्डनका ५ कमजोरी

  • गम्भीर आरोप लागेका सभामुख महरालाई नेता थापाको आग्रह– पदबाट अलग भएर छानबिनमा सघाउनुस्

  • 'अभिभावक ठानेको सभामुख महराबाटै यस्तो व्यवहार...!'

  • ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास गरिएको छ : सभामुख

  • सभामुख महरालाई गम्भीर आरोप लगाउने महिला भन्छिन्- सुरक्षा 'थ्रेट' आइरा'छ

  • सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्