काठमाडौं- बलिउड स्टार अक्षय कुमार बलिउड फिल्म इण्डस्ट्रीको यस्तो अभिनेता हुन् जसले आफ्नो मेहेनतका कारण खास उपलब्धि हासिल गरेका छन्।
अक्षयले आफ्नो फिल्मी करिअरमा रोमान्टिक, एक्सन, कमेडी, देशभक्तिको कथानकमा बनेका फिल्ममा जबरजस्त अभिनय गरेका छन्। अक्षयलाई आज बलिउडकै टप एक्टर्सको लिस्टमा राखिने गरिन्छ।
कमैलाई थाहा छ कि आफ्नो करिअरको सुरुवातमा अक्षयले एक अभिनेताको रूपमा छाप पार्न धेरै संघर्ष गर्नुपरेको थियो।
एक बलिउड सञ्चारमाध्यमसँगको नयाँ अन्तर्वार्तामा अक्षयले संघर्षका दिनबारे कुरा गरेका थिए। अक्षयले बताएका छन् कि एक समय यस्तो भएको थियो जब उनको १४ वटा फिल्म फ्लप भएका थिए। यसपछि उनलाई लाग्यो, एक अभिनेताको रुपमा उनको करिअरनै सकियो।
अक्षयले भने, 'मैले हारेको महसुस गरेको थिएँ। तर त्यस समय मार्सलआर्टको ट्रेनिङ मेरो लागि काम आयो। यसलाई आफूलाई अनुशासनमा रअन सिकाउँछ।' १४ फिल्म लगातार फ्लप भएपछि उनले धेरै कुरा सिकेको अक्षयले बताए।
अहिले अक्षय प्रदर्शनको नजिक रहेको फिल्म 'हाउसफूल ४'को प्रमोसनमा व्यस्त छन्। अक्षयले यस फिल्मको मजाक उडाउँदै भने, ' जब मलाई ब्रेक चाहिन्छ तब म हाउसफूल फिल्म गरिरहेको हुन्छु। यो कमेडी जनराको फिल्म हो। मेले फिल्म सुटिङमा बहुत मस्ती गरेँ।'
'हाउसफूल ४' २५ अक्टोबर २०१९मा रिलिज हुँदैछ। यस फिल्मको साजिद नाडियाडवालले निर्माण गरेका हुन्।
अक्षयले यस फिल्मबाहेक 'सूर्यवंशी,' गुड न्यूज, बच्चन पाण्डे, लक्ष्मी बम्ब वा पृथ्वीराजमा काम गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।