काठमाडौं- नेपाल राष्ट्र बैंकले दसैंको नयाँ नोट सटही सुरु गरेपछि सर्वसाधारणको भिड लागेको छ। यस वर्ष राष्ट्र बैंकले सबै बैंकका सबै शाखामा नयाँ नोट नपठाएकाले समेत नोट साट्न सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ।
मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय नयाँ नोट सटही गर्न सकिने बताएको छ।
यसका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही गर्ने व्यवस्था मिलाएको बताइएको छ।
नयाँ नोट साट्न सर्वसाधारणको लामो लाइन लागेको छ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म मात्र सटही गर्न सकिने बताएको छ।





















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।