नयाँ दिल्ली (एजेन्सी)- 'जो जीता वो ही सिकन्दर' फिल्मको चर्चित गीत ‘पेहला नशा’ बलिउड सुपरस्टार आमिर खानलाई पनि निकै मन पर्ने रहेछ। आमिरले सन् १९९२ मा आएको फिल्मको सम्झना गर्दै आफ्ना प्रशंसकहरुलाई भ्यालेन्टाइन्स डेको शुभकामना दिएका छन्।
उनले ट्विट गर्दै भनेका छन्, 'साथीहरु, भ्यालेन्टाइन्स डेमा आफ्नो गीत ‘पेहला नशा’ सुनिरहेको छु। आजको लागि सबैभन्दा उपयुक्त गीत। यो मेरो सर्वाधिक मन पर्ने गीत हो। तपाईंहरु सबैलाई ह्याप्पी भ्यालेन्टाइन्स डे! सबैलाई माया।'
Aamir Khan✔@aamir_khan
Hey guys, listening to my song Pehla Nasha on Valentine’s Day! Ideal song for this day :-). And, I must say it's one of my own favourites. Wishing all of you a happy Valentine’s Day!
Love.
a.
11:46 AM - Feb 14, 2018
Twitter Ads info and privacy
उदित नारायण र साधना सरगमले गाएका यो गीत ३० वर्षपछि पनि उत्तिकै लोकप्रिय छ। गीतमा जतिन-ललितले संगीत दिएका थिए।
मन्सूर खानको निर्देशनमा बनेको 'जो जीता वो ही सिकन्दर' फिल्ममा आमिर, आयशा जुल्का, दीपक तिजोरी र पूजा बेदीको मुख्य अभिनय थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।