काठमाडौं। कार्तिक १५ गतेदेखि रिलिज हुने तयारीमा रहेको फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा सुशील श्रेष्ठ पत्रकारको भूमिकामा देखिएका छन् भने आमिर गौतम प्रहरी। यि दुईविचको बादशाह जुटमा फिल्मको कथा घुम्ने ट्रेलरले देखाउँछ।
कमेडी, एक्सन र प्रेम सबै मिसाएर तयार पारिएको ट्रेलर हेर्दा एकै मिसनमा हिडेका पत्रकार र पुलिस दुवैले आफूलाई बादशाह ठानिरहेका छन्। फिल्मलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन्। फिल्ममा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायत कलाकारको समेत अभिनय रहेको छ। प्रियंका कार्कीलाई भने अतिथि भूमिकामा छिन्।
अभिषेक शशी कुमारको लेखन रहेको फिल्ममा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।