• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बलिउड अभिनेत्री उर्वशी रौतेलादेखि बेलायती गायिका तोरी ह्वाइटसम्मलाई सिँगार्ने नेपाली चेली

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  ०५:५५
1140x725

बेलायतको नर्थह्याम्पटन केन्द्रमा बेलायती र अन्य देशबाट आएका आप्रवासीले खोलेका झन्डै ४० वटा सैलुन छन्। त्यही भिडमा छ, सविता श्रेष्ठ भारीले खोलेको प्रोफेसनल इलिगेन्स सैलुन। यो पहिलो र एक्लो नेपाली सैलुन हो, जहाँ भारतीय बलिउड अभिनेत्री उर्वशी रौतेलादेखि बेलायती गायिका तोरी ह्वाइटले पाइलो टेकिसकेका छन्।

बेलायती गायिका ह्वाइट त  पाँच वर्षयता यस सैलुनकी नियमित ग्राहक नै हुन्। कैयौं सेलिब्रिटीहरु आए। तिनलाई सिँगारिन् सविताले। तर, आफ्नै काममा रमाउने, फोटो खिच्न उति नरुचाउने स्वभावकी  सउनले ग्राहकको नाम र पेसा खासै ख्यालै गरिनन्।

यो सुन्दर र शान्त सहरमा १३ वर्षअघि सुनौला सपना बोकेर आएकी थिइन्। सविता। चितवन नारायणगढ घर भएकी उनले ६ त कामकै खोजीमा भौंतारिनुपर्‍यो। कालान्तरमा नर्थह्याम्पटनमै आफ्नै व्यवसाय गरेर अरुलाई रोजगारी दिने अवस्थामा पुगिन्।

साधारण व्यक्तिदेखि सेलिब्रिटी, डाक्टर, नर्स, शिक्षक, मिडियाकर्मी प्रोफेसनल इलिगेन्स सैलुनका ग्राहकहरु हुन्। नियमित आइरहने ग्राहकहरुको संख्या बढी भएकाले व्यापारका लागि खासै समस्या छैन। ‘स्थानीयले हामी नेपालीलाई राम्रो नजरले हेर्छन्। नम्र, कडा मेहनतीका रुपमा हेर्छन्,’ उनले भनिन्, ‘अब त हामीसँग बोल्दाबोल्दै विदेशीले 'नमस्ते' भन्न जानिसके। नेपाली समुदायसँग परिचित भइसकेका छन्।’ 

पति बिगेन्द्र र छोरा विशेषका साथ रोजगारीका लागि १३ वर्षअघि बेलायत आएकी सविताले अरुलाई रोजगारी दिउँदा भन्ने सोचेकी थिइनन्। आम नेपालीहरु जस्तै पैसा कमाउने, जीवनस्तर उकास्ने रहर मात्र थियो। तर निरन्तरको मेहनत र लगावले अरुलाई रोजगार दिलाउने हैसियतमा पुर्‍यायो। नेपाल, भारत, रोमानिया, हंगेरी, पाकिस्तान, भारत, बेलायत र लुथेनियाका नागरिकलाई उनले रोजगारी दिलाएकी छिन्। जहाँ १६ जना पूर्णकालीन र दुई जना पार्टटाइम जागिरे छन्। कति नेपालीहरु हाउस वाइफ थिए, ल्याएर उनले काम दिइन्। अहिले घर किनेर बसेका छन्। 

उनका स्टाफहरु फ्रेन्ड्ली छन्। सैलुनमा पारिवारिक वातावरण छ। सुरुमै स्टाफहरु छान्दा ख्याल गर्छिन् उनी। नराम्रो, घमण्डीलाई छनोट गर्दिनन्। बरु नयाँ भए पनि सिकाउँछिन्। पछिल्लो समय नेपालीहरुको भेटघाट भइरहने थलो बनेको यो सैलुनले आइतबारमात्रै ठ्याक्कै ७ वर्ष पूरा गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसबीच नर्थह्याम्प्टन सवितालाई आफ्नै गाउँजस्तै लाग्न थालिसकेको छ। यो क्षेत्रका बाटोमा हिँड्दा होस् कि रेस्टुराँमा छिर्दा, पार्कमा होस् या कार्यक्रममा जाँदा, उनलाई चिन्नेहरु भेटिन्छन्। स्कुल, बस, हस्पिटल, मार्केट जता गए पनि चिन्छन्। 'कुनै बेला त अरुले बढी चिनेर झ्याउ पनि लाग्छ,' उनले हाँस्दै भनिन्, 'राम्रोसँग एकान्तमा वा रेस्टुराँमा बस्न नि पाइँदैन।' 

७ वर्षको अवधिमा उनले धेरैलाई सेवा प्रदान गरिन्। धेरैलाई ब्युटिसियन र सैलुन सम्बन्धी तालिम दिइन्। एक दशकअघि सेन्ट्रल लन्डनबाट ६५ माइल टाढा रहेको नर्थह्याम्पटनमा नेपालीहरुको बसोबास थिएन। सविताका आँखैअगाडि यतिबेला नेपालीका १६ वटा घर ठडिइसकेका छन्।   

OOO

बेलायत पुग्नुअघि सविताको कथा भने फरक छ। 

त्रिभुवन विश्वविद्यालयबाट एमबिएस उत्तीर्ण गरेकी उनी नेपाल श्रीलंका मर्चेन्ट बैंक (हाल नेपाल बंगलादेश बैंक) मा काम गर्थिन्। पेसाले इन्जिनियर उनका श्रीमान् बिगेन्द्रको नेपालमा धेरै ठाउँमा काम थियो। कमाइ राम्रै थियो। पाँच वर्षपछि श्रीमान्‌ई विदेश जाने रहर लाग्यो। युकेमा स्किल्ड भिसामा एप्लाई गर्नेबित्तिकै भिसा लाग्यो। ‘उहाँकै रहरले म बेलायत आएकीँ हुँ,’ सविता भन्छिन्।

बेलायतको हिथ्रो एयरपोर्टमा पाइलो टेकेपछि नै सविताको संघर्ष सुरु भयो। ‘सुरुमा ९ महिना वेम्लेमा बस्यौं,’ उनले ती दिन सम्झिइन्, ‘छोराको लागि स्कुल खोज्दै २ महिना बित्यो। तर कतै पनि भर्ना नपाएपछि नेपाल पठायौं।’ छोरालाई आफूबाट टाढा राख्दाको त्यो पीडा सम्झिँदा उनलाई साह्रै दुःख लाग्छ। 

पछि यस्तो दिन आयो, बेलायत पुगे पनि कामले गर्दा दम्पती सँगै बस्न पाएनन्। सबिता वेम्लेमै बस्थिन्, बिगेन्द्र नर्थह्याम्पटन। तीन महिना यसरी नै बिते। एउटै देशमा भएर पनि श्रीमान्, श्रीमती फरकफरक सहरमा बस्नुपर्‍यो। पछि सविता पनि नर्थह्याम्पटन नै सरिन्। कामको खोजी गर्दागर्दै ६ महिना बित्यो। सहयोग माग्न खोज्दा कोही चिनेकै थिएनन्।

आफूले गर्दै आएको कामबाट सन्तुष्टि नमिलेपछि सविताले एउटा सैलुनमा काम खोज्न थालिन्। एक वर्ष त्यसमा अनुभव बटुलिसकेपछि उनलाई आफ्नै सैलुन सुरु गरिन्। अनि जन्मियो, प्रोफेसनल इलिगेन्स सैलुन। यतिबेला सविताका श्रीमान्‌ले इन्जिनियरिङ पेसा छाडेर सैलुनको काममा सघाइरहेका छन्। ‘आफ्नो फिल्डमा चार वर्ष काम गरेपछि त्यो छाडेर यतै लाग्नुभयो,’ सविताले भनिन्, ‘सैलुनभित्रको काम मैले र अफिस अनि बाहिरको काम उहाँले हेर्नुहुन्छ।’ उनका छोरा विशेष हाल नर्थह्याम्पटन स्कुल फर बोइजमा १२ मा पढ्दैछन्।  

सविताका बुबाआमा नारायणगढको बालकुमारी स्कुलमा शिक्षक थिए। सधैं शिक्षालाई नै महत्व दिइरहने उनीहरुकै प्रेरणाले यहाँसम्म आइपुगेको उनी बताउँछिन्। बाँकी त रातदिन आफ्नै मेहनतले यो हैसियत बनाएकी हुन्। 

एक वर्ष ब्युटी थेरापिस्टको कोर्स गरेकी सविताले ७० जनामध्ये टप गरेकी थिइन्। पढाउने सर र श्रीमान्‌ले 'लेभल थ्री' गर भनेर उत्साह दिएपछि त्यो कोर्स पनि गरिन्। लन्डनमा आइब्रोज ट्याटुको कोर्स गर्न १० हजार पाउन्ड खर्च गरेकी सविताले ह्याज डी ब्राउज, आई ल्यासेज जस्ता सबै कोर्स गरेकी छिन्। नयाँ कुरा सिक्न उनले धेरै खर्च गरिन्। इंग्ल्यान्डका टप ब्रान्डका उत्पादनहरु आफ्नो सैलुनमा प्रयोग गर्छिन्। जुन ग्राहकहरुले निकै रुचाउँछन्। ‘त्यही कारण ग्राहकहरु सन्तुष्ट हुन्छन्,’ उनले भनिन्, ‘फर्कीफर्की आउँछन्।’

३ हप्ताअघि नर्थह्याम्पटन क्रोनिकल चर्चित पत्रिकाले बेस्ट ब्युटी सैलुन भनेर नोमिनेट गरेको छ, उनको सैलुनलाई। १३ वर्षको तपस्या, रातदिनको मेहनतले उनलाई यहाँसम्म पुर्‍याएको हो। कति रात नसुती पनि उनले काम गरेकी छिन्। 

बेलायत बस्दा पुराना साथी, आमाबुबा, आफू जन्मेको ठाउँ खुब मिस गर्छिन्। 'भनेकै समयमा घर पाइँदैन। चाडबाड, मेला, पर्व एकदमै मिस हुन्छन्,' उनी भन्छिन्।
 
अबको उनको योजना नेपाल फर्किएर व्यवसाय गर्ने नै हो। सैलुनमा गएर तालिम दिने सोच बनाएकी छिन्। 'बेलायतमा सिकेका कुरा, नयाँ विषय र आफ्ना अनुभव बाँड्ने,’ उनले सुनाइन्, ‘एड्भान्स लेभलमा सिकाउने।’ 

यो सुनिरहँदा उनको बोलीमा उस्तै आत्मविश्वास झल्किएको थियो।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्