नयाँ दिल्ली (एजेन्सी)– ‘जो जिता वो ही सिकन्दर’ फिल्मको गीत ‘पहला नसा’ बलिउड सुपरस्टार आमिर खानको मनपर्ने रोमान्टिक गीत हो। आमिरले सन् १९९२ मा सार्वजनिक भएको यो फिल्मको गीतलाई सम्झना गर्दै आफ्नो प्रसंसकसमक्ष ‘भेलेन्टाइन डे’ का दिन समर्पीत गरेका छन्।
उनले ट्विट गर्दै लेखेका छन्, ‘साथीहरू, भेलेन्टाइनको दिन आफ्नो गीत ‘पहला नशा’ सुनिरहेको छुँ। आजको दिनका लागि उचित गीत। यो मेरो सवैभन्दा लोकप्रिय गीत हो। सवैलाई ‘भेलेन्टाइन डे’ को शुभकामना। सवैलाई प्रेम।’
उदित नारायण र साधना सरगमले गाएको यो गीत ३० वर्षपछि पनि उत्तिकै लोकप्रिय छ। जतिन–ललितले संगीत दिएका थिए। मन्सुर खानले निर्देशन गरेको ‘जो जिता वो ही सिकन्दर’ फिल्ममा आमिर, आयशा जुल्का, दीपक तिजोरी र पुजा वेदीले अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।