नयाँ दिल्ली (एजेन्सी)– ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर वरुण धवनको आगामी फिल्म ‘अक्टुबर’ को टिजर सार्वजनिक भएको छ। फिल्ममा वरुणको नायिकाको रुपमा बनिता सन्धु छिन्।
टिजरको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘अक्टुबर मेरो मुटुको निकै नजिक छ। उनले पुनः एउटा फोटो पनि पोष्ट गरेका छन्। प्रेमको विषयमा बन्न लागेको यो फिल्मको निर्देशन सुजित सरकारले गरेका छन्। कहानी जुही चतुर्वेदीले लेखेका हुन्। चतुर्वेदीले पनि लेखेका छन्, ‘अक्टुबरमा वरुण धवनसँग नयाँ अभिनेत्री बनिता सन्धु देखा पर्दै छिन्।
फिल्मको सुटिङ दिल्ली र हिमाञ्चल प्रदेशमा गरिएको हो। फिल्मको अन्तिम सुटिङ मनालीमा गर्ने योजना छ। फिल्म १३ अप्रेल २०१८ सम्म रिलिज हुनेछ।’
बनिता सन्धुको विषयमा निर्देशक सुजितले बताएका छन्, प्रेमकथामा आधारित फिल्ममा नयाँ जोडी हेर्ने अभिलासा सबैलाई हुन्छ। किनभने यसमा नयाँ केमेस्ट्री देखिन्छ। यसैले वरुणको अपोजिट नयाँ अनुहारलाई स्थान दिइएको हो। उनले मसँग एउटा विज्ञापनमा पनि काम गरिसकेकी छिन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।