काठमाडौं– ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ। ‘लिलिबिली लिलिबिली घुम्न जाऊँ इन्जिन गाडीमा’ बोलको गीत युट्युबमार्फत भएको हो।
एसडी योगीको स्वर र संगीत रहेको गीत एकतारेले लेखेका हुन्। स्कटल्यान्डको सुन्दर दृश्यमा सुदीप बरालले गीतको छायांकन गरेका हुन्। युवा स्टार प्रदीप खड्का र नवअभिनेत्री जसिता गुरुङ फिचरिङ भिडियोको कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन सहित विजेताका लागि रु १ लाख पुरस्कारको घोषणा गरेको छ। कम्पिटिसनका लागि जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।