काठमाडौं– प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा राउतले नियुक्ति पत्र लिएका हुन्।
राउत प्रदेश २ मा संघीय समाजवादी फोरमका संसदीय दलका नेता हुन्। प्रदेश २ मा २९ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको फोरमलाई २५ सिट ल्याएको अर्को दल राष्ट्रिय जनता पार्टीले समर्थन गरेपछि राउतको मुख्यमन्त्रीको यात्रा सहज भएको हो।
यो प्रदेशमा कुल १ सय ७ सदस्यीय संसद छ। राउतले मंगलबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए। उनको सपथ बिहीबार हुनेछ। प्रदेश २ को सभामुखमा भने राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।