काठमाडौं- जनयुद्ध दिवसको दिन नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले भूमिगत शैलीमा देशैभरी हिंसात्मक गतिविधि गरेको छ।
सो पार्टीले मंगलबार विभिन्न जिल्लामा बिष्फोट तथा आक्रमण गरेका छन्। धेरै जसो एनसेलको टावरमा उनीहरुले क्षती पुर्याएको प्रहरीले जनाएको छ।
चितवन, रोल्पा, नुवाकोट लगायत जिल्लामा उनीहरुले आक्रमण गरेका छन्। सुरक्षा निकायले उनीहरुको यो आक्रमणलाई प्रतिकात्मक रुपमा विश्लेषण गरेका छन्।
स्थानीय तहको चुनावदेखि नै नेकपाले हिंसात्मक गतिविधि गर्दै आएको छ। सो पार्टीका अधिकांश नेताहरु अर्धभूमिगत छन्। उनीहरुसँग तालिमप्राप्त लडाकु तथा केही हतियार समेत भएकाले तत्काल निगरानी गर्नुपर्ने सुझाव गुप्तचरले गृह मन्त्रालयमा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।