नयाँ दिल्ली (एजेन्सी)- अक्षय कुमार अभिनीत फिल्म 'प्याम्यान' ले बक्स अफिसमा सुरुवातको चार दिनमा ४५ करोडको व्यापार गरिसकेको छ। ६० करोड बजेटमा बनेको यो फिल्म महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको सामाजिक विषयमा बनाइएको छ।
दर्शकका साथै समीक्षकहरुबाट समेत राम्रो प्रतिक्रिया बटुलिरहेको फिल्मले भारत बाहिर पनि राम्रो कमाइ गरिरहेको छ। तर, रोचक कुरा के छ भने, 'प्याडम्यान' पछिल्लो चार वर्षमा आएका अक्षय कुमारका फिल्ममध्ये कमाइको हिसाबले सबभन्दा कमजोर फिल्म साबित भएको छ।
अक्षय पत्नी ट्विंकल खन्नाले निर्माण गरेको यो फिल्मले पहिलो सप्ताहन्त फेब्रुअरी ९ देखि ११ सम्ममा ४० करोड भारु कमाएको छ। २०१५ देखि २०१८ को बीचमा प्रदर्शनमा आएका अक्षय कुमारका ७ फिल्मको तुलनामा 'प्याडम्यान' ले थोरै व्यापार गरेको छ।
बक्स अफिसका अनुसार अक्षयको पछिल्लो ७ फिल्मको विकेन्ड कलेक्सन कति?
१- ट्वाइलेट एक प्रेम कथा (२०१७) - कमाइ ४९.०९ करोड
२- जोली एलएलबी २ (२०१७) – कमाइ ४७.५९ करोड
३- रुस्तम (२०१६) - कमाइ ४९.५३ करोड
४- हाउसफुल ३ (२०१६) - कमाइ ५३.२७ करोड
५- एयरलिफ्ट (२०१६) - कमाइ ४२.५७ करोड
६- सिंह इज ब्लिंग (२०१५) - कमाइ ४४.२३ करोड
७- ब्रदर्स (२०१५) - कमाइ ४७.४२ करोड
यी ७ फिल्ममध्ये 'सिंह इज ब्लिंग' र 'ब्रदर्स' फ्लपको सूचीमा पर्छन्। यो हिसाबले महिलाहरुको मासिक धर्म जस्तो विषयमा बनेको 'प्याडम्यान' फिल्म कमाइको मामिलामा निकै पछि रहेको भन्नु गलत देखिँदैन।
'प्याडम्यान' पछि अक्षय फिल्म 'गोल्ड' मा देखिनेछन्। रीमा कागतीले निर्देशन गरेको 'गोल्ड' को निर्माता रितेश सिधवानी र फरहान अख्तर हुन्। यो फिल्ममा सानो पर्दाकी लोकप्रिय अभिनेत्री मौनी रायले बलिउडमा डेब्यू गर्दै छिन् भने अमित साध पनि मुख्य भूमिकामा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।