• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निद्राका समस्या र निद्रा लगाउने घरेलु उपाय

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  ००:०६
1140x725

निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खासगरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्। 

शरीरको स्वस्थ्यका लागि निद्रा अति आवस्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। निद्रा विभिन्न किसिमका हुन्छन्। 

१. हलुका निद्रा
२. गहिरो निद्रा/आरामदायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा

यी विभिन्न निद्रा हामी सुतेका बेला एकपछि अर्काे हुँदै चक्रीय रुपमा आइरहेका हुन्छन्। हलुका निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौ र झसङ्ग भएर उठ्न सक्छौं। आँखाको गेडी हल्लिने निद्रा पनि पातलो नै हुन्छ। तर, जब गहिरो निद्रामा हुन्छौं, त्यति बेला हामीलाई केही थाहा हुँदैन। यस्तो निद्रालाई बोलिचालीमा ‘भाते निद्रा’ पनि भनिन्छ। मस्तिष्कको आरामका लागि गहिरो निद्रा आवश्यक छ।

शरीरको स्वास्थ्यका लागि कम्तिमा ६ घन्टा गहिरो निद्राको आवश्यकता पर्छ। बालक तथा बिरामी पर्दा त्यो भन्दा बढी निद्रा चाहिन्छ। कहिले काहीँ एक दिन निद्रा बिथोलिएमा त्यसको असर अर्को दिनसमेत पर्ने गर्छ। त्यसैले भनिन्छ नि, एक दिनको निद्राले ७ दिन पिरोल्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

निद्रा सम्बन्धी समस्या 

धेरै मानिस थोरै समय मात्र निदाउने गरेकोे गुनासो गर्छन्। कसैलाई ओछ्यानमा पुगेपछि निदाउन घन्टौं लाग्ने, कोही निद्राको बीचबीचमा कैयौंपल्ट बिउँझिने र कसैको निद्रा खुलेपछि फेरि निदाउन नसक्नेजस्ता समस्या देखिन्छन्। यसको फलस्वरुप अर्को दिन पनि शरीर अल्छी हुने, थाकेजस्तो हुने, उँघ लाग्ने र एकाग्र हुन कठिन हुनेजस्ता समस्या देखिन्छन्। कोही धेरै निदाउने गर्छन्। खासगरी दिउँसो धेरै निद्रा लाग्ने, निद्राले काम गर्न कठिन हुने, पढ्न नसक्ने, पटक–पटक निद्रा लाग्ने गर्छ। 

निदाएका बेला आउने समस्या

  • निदाएका बेला डराउने, आत्तिने, चिच्याउने (स्लिप टेरर), नराम्रो सपना देख्ने र भोलिपल्ट कुनै कुरा सम्झन नसक्ने।
  • निद्रामै रहेका बेला उठेर घरबाहिर निस्कने र हिँड्ने (स्लिप वाकिङ) र निकै बेर हिँडेपछि मात्र बिउँझेर घर फर्कने।
  • निदाएका बेला बिछ्यौनामै पिसाब गर्ने। यो समस्या उपचार गरेपछि भने निको हुन्छ। 
  • निद्रामा बोल्ने, दाह्रा किट्ने, घुर्ने, खुट्टा हल्लाउने आदि।
  • निद्राबाट बिउँझिनासाथ शरीर चलाउन नसक्ने (स्लिप प्यारालाइसिस)। यो अचानक निद्राबाट बिउझिँदा सपनाका कारण आत्तिएको वा डराइरहेका बेला शरीर हलचल हुन नसक्ने अवस्था हो। यस्तो बेला हामी शरीर चलाउन सक्दैनौं, बोल्न पनि सक्दैनौं, त्यसैले निसास्सिएजस्तो हुन्छ। केही मिनेटपछि मात्र हामी बोल्न वा शरीर चलाउन सक्छौं। हो अवस्था १–२ मिनेटसम्म मात्र रहन्छ। त्यसपछि आफैं ठीक हुन्छ।

मस्त निदाउने घरेलु उपाय 

  • सुत्ने कोठा शान्त हुनुपर्छ।
  • दैनिक शारीरिक व्यायाम गर्ने।
  • दिउँसो भरसक नसुत्ने।
  • सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।
  • सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।
  • सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।
  • निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्ने। 
  • सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।

निद्रामा देखिने समस्याको उपचार

  • निद्रामा देखिने छारे रोगका बिरामीले छारे रोगको औषधि सेवन गर्नुपर्छ। औषधि करिब ४ वर्ष सेवन गर्नुपर्ने हुन सक्छ। 
  • निद्रा नपर्ने, निद्रामा बिउँझिने बिरामीले सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ। त्यसबाट निको नभए निद्रा पर्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। 
  • निदाएका बेला डराउने, नराम्रो सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैज्ञानिक विधिबाट उपचार गर्नुपर्छ। 
  • निदाएका बेला हिँड्ने बिरामीलाई औषधि प्रयोग सेवनबाट निको बनाउन सकिन्छ। 
  • निदाएका बेला पिसाव फेर्ने बिरामीले बेलुकीपख कम पानी पिउने, सुत्नुअघि पिसाब फेरेर मात्र सुत्ने गर्नुपर्छ। त्यसबाट पनि निको नभए राति कति बजे पिसाब छुट्छ, त्यो भन्दा ३–४ मिनेट पहिला उठाएर पिसाब फेराउनुपर्छ। त्यति गर्दा पनि निको नभए, औषधि सेवन गर्नुपर्छ। 
  • निद्राको बेला बोल्ने, दात किट्ने, निद्रामा खुट्टा हल्लाउने मानिसलाई औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा पुग्छ। 
  • निद्राबाट बिउँझिदा शरीर चलाउन नसक्ने बिरामीलाई परामर्शको आवश्यकता पर्छ। यो कुनै अन्धविश्वासको उपज होइन। यो त अचानक बिउँझिदा शरीर चलाउन केही समय लागेको मात्र हो। 
  • दिउँसो बढी निद्रा लागेमा चिया–कफीको प्रयोगबाट फाइदा लिन सकिन्छ। 
  • निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्नु हुँदैन। सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो। सपना नराम्रो देखे पनि विपनामा केही हुँदैन। 

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ००:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्