• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यी हुन् कैलालीका प्रमुख पर्यटकीय गन्तव्य

पर्यटनमा लगानी र कार्यक्रम वृद्धि, प्रतिफल कमजोर
64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०७६  ०७:४५
1140x725

धनगढी– सामुदायिक वन, तालतलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाति, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो कैलाली। 

कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइरहेका छन्। जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहँदै आएको छ। 

जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन्। 

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निकस्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन्। 

गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचीमा सूचीकृत घोडाघोडी ताल रहेको छ। नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेको बताए।

भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ। तीन वटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने नीति लिइने उल्लेख गरेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा र्‍याफटिङलाई जोड दिएको छ। बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, कैलारी गाउँपालिकाले वनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोइलही ताल, सामरचौरा गाउमा होमस्टे सञ्चालन र शिव मन्दिर खरेटी गाउमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ। 

जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरबार, कम्पासे धुरा, राती पहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ। 

एक पर्यटकीय गन्तव्य बनाइनुपर्छ : व्यवसायी
पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरुले स्थानीय तहले एक पर्यटकीय स्थललाई विकास गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन्।

‘अहिले स्थानीय तहहरुले पर्यटन प्रवर्धनका लागि बजेट विनियोजन गरेका छन्,’ पर्यटन व्यवसायी मायाप्रकाश भट्टले भने, ‘तर, जसरी खर्च भइरहेको छ त्यो राम्रो देखिएको छैन। प्रत्येक स्थानीय तहले आफनो क्षेत्रको प्रमुख पर्यटकीय स्थलको पहिचान गरी कार्यक्रम अघि बढाउनुपर्छ। 

उनले पर्यटन व्यवसायीहरुले चलाएको अभियानकै कारण प्रदेश तथा स्थानीय तहहरुले बजेट विनियोजन गरे पनि खर्च गर्ने तथा अनुगमनबीच तालमेल नमिलेका कारण खर्च अनुरुप प्रतिफल आउन नसकेको बताए । 

जाखोर ताल जलकुम्भीले कुरुप
धनगढी उपमहानगरपालिकाले अघिल्लो वर्ष मंसिर ८ गते जाखोर तालमा जलकुम्भी सरसफाइ अभियान ग¥यो। जाखोर तालमा हप्तामा एक दिन गरी चार हप्तासम्म जलकुम्भी हटाइएको थियो। गत असारमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई चरणमा सरसफाइ अभियान गरियो।

धनगढी उपमहानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमा रहेको तालमा जलकुम्भ हटाउने अभियान अझै सकिएको छैन। जाखोर तालमा फैलिएको जलकुम्भीका कारण ताल कुरूप बन्दै गएपछि उपमहानगरपालिकाले ताल सफासुन्दर बनाउने अभियान सुरु गरे पनि सार्थकता पाउन सकेको छैन।

उपहमनगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक बिष्टले उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जलकुम्भी हटाउने अभियानमा रहेको बेला जाडो मौसम भनेर स्थगित गरेको बताए। ‘चौथो हप्ताभन्दा बढी सफा गर्न सकिएन। जाडो बढ्न थालेपछि सरसफाइ अभियान स्थगित गरेका हौं’ उनले भने।

उनले जिल्ला वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएस“गै धनगढीको जाखोर तालमा जलकुम्भी तथा फोहोरका कारण कुरूप बन्दै गएको बताए। 

स्थानीय विक्रम चौधरीले पछिल्लो समय तालमा फोहोर बढ्दै गएको बताए । उनले  स्थानीय महिलालाई ताल भोगचलन गर्ने दिएको बेला महिलाले महिनाको एक पटक ताल सरसफाइ गर्ने गरेको बताए। यो ताल झन्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालमा विभिन्न प्रजातिका माछा, कछुवा छन् भने कमलको फूल पनि फुल्ने गर्छ।

धनगढीको मुख्य बजारबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको यस तालको दृष्य रमणीय छ । 

धनगढीका चार पर्यटकीय गन्तव्य
धनगढी उपमहानगरपालिकाले जाखोर तालसंगै शिवपुरीधाम, बेहडाबाबा क्षेत्र र चिल्ड्रेन पार्कलाई प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउन लागेको छ। उपमहानगरपालिकाले शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ भने जाखोर तालको गुरुयोजना अनुसारको पूर्वाधार निर्माण कार्य सुरु गरिसकेको जनाइएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले ‘चिल्डे«न पार्कदेखि बेहडाबाबा क्षेत्रसम्म पर्यटकको सहजताका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ।’

बेहडाबाबा क्षेत्रमा भादा होमस्टे, मन्दिर र ताल तथा तालको बीचमा रहेको मन्दिरको दृष्य रमणीय रहेको छ। धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ६ करोड ५७ लाख ८८ हजार रकम पर्यटन क्षेत्रको विकासका लागि विनियोजन गरेकोमा दुई करोड २७ लाख ८० हजार तीन सय १८ रकम खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ।

साइकल पथ तथा हरियाली पार्क निर्माण योजना
धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्न योजना अघि सारेको छ।

उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने भएको हो।

सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न उपमहानगरपालिकाले जनाएको छ।

‘वडा नं. ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हु“दै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ,’ उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड भने।

त्यस्तै नगर प्रमुख वडले खोलानालाको किनारामा भएको अतिक्रमण हटाई खाली जग्गामा यो आर्थिक वर्षमा हरियाली पार्क निर्माण गरिने समेत जनाएका छन्। धनगढी उप–महानगरपालिका अन्तर्गत वडा नं. ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई वृहत धनगढी पार्क निर्माणका लागि डिपीआर तयार पारी काम अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घन्टाघर निर्माणका लागि काम गरिरहेको जनाएको छ। 

उपमहानगरपालिकाले नेतुवा ताल, जोखरतार, तिल्केताल, बेलाताल, वेहडाबाबाताल, चौफेरीताल, सुन्दरीताल र नथनीताल÷कथनीताल लगायत विभिन्न वडामा रहेका तालहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि बढाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आर्दश सामुदायक वनमा जडिवुटी खेतीको प्रारम्भ गरी सोही वनमा पिक्निकस्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा विकास गर्ने योजना बनाएको छ ।

गौशालाले बिगार्दै उद्यान
धनगढीको जाखोर तालसँगै जोडिएको वनस्पति जडिबुटी उद्यान। विभिन्न प्रजातिका बोटबिरुवालाई सजाएर राखिएको छ। तर, धनगढी उपमहानगरपालिकाले अस्थायी गौशाला सोही क्षेत्रमा रहेको सामुदायिक वनमा बनाएपछि उद्यानले संरक्षण गर्दै आएका बोटबिरुवा तथा जडिबुटी विनास हुने चुनौती बढेको छ।

धनगढीकै प्रमुख पर्यटकीय गन्तव्यमा रहेको जाखोर ताललाई थप मनमोहक यही उद्यानले बनाएको छ। तर, नजिकै रहेको गौशालाले भने यसलाई कुरुप बनाउने हो की भन्ने वनस्पती कार्यालयले चिन्ता व्यक्त गरिरहेको छ।

उपमहानगरपालिकाभित्र छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती देखिएपछि सोही स्थानमा रहेको सामुदायिक वनभित्र अस्थायी गौशाला निर्माण गरेको थियो। गत वर्ष नै वनस्पती कार्यालयले गौशाला हटाउन भनी धनगढी उपमहानगरपालिकाको कार्यालयमा पत्राचार गरेको थियो । तर, सो गौशाला भने हटेको छैन।

ओझेल परेको पार्क
२०६८ सालतिर दशरथ चन्द पार्कमा युवायुवतीको भीड लाग्ने गथ्र्यो। तर, उपमहानगरपालिकाले सो पार्क ठेक्कामा लगाएपछि स्थानीय पनि जा“दैनन्। 

पटक–पटक सो पार्कको गुनासो उपमहानगरपालिकामा आएपछि नगर प्रमुख वडले ठेक्का रद्ध गर्ने प्रतिक्रिया दिएका थिए। तर, अहिलेसम्म सो ठेक्का रद्ध भएको छैन।

बन्द बालबालिका पार्क
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको शान्ति बाल उद्यान बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री रहेको छ। तर, यसभित्र बालबालिका तथा स्थानीयहरुले सहज प्रवेश गर्न भने पाएका छैनन।

यो उद्यान बालबालिकामा फूलवारी, पिरामिड योगधाम, शान्तिको प्रतिक परिको मूर्ति, चिप्लेटी, पिङ लगायत रहेका छन। तर, यो प्रायः बालबालिकाले यो उद्यानको बाहिरबाटै यी सबैलाई हेरेर चित्त बुझाउ“छन्।

धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको यो उद्यानलाई २०७० सालमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई दिने निर्णय गरेको थियो। सो निर्णयको तीन वर्षपछि २०७३ साल फागुनमा सो उद्यान सञ्चालनमा ल्याइएको थियो।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले सञ्चालनमा ल्याएदेखि सबै बालबालिकालाई सो उद्यानमा आफूखुसी जानमा रोक लगाइएको छ। धनगढी उपमहानगरपालिकाका नायव सुब्बा हेमराज भण्डारीले भने, ‘दैनिक बिहान ६ देखि ७ बजेसम्म ध्यान गर्नका लागि खुला हुन्छ। बालबालिकाका लागि शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने गरेको छ।’

यो उद्यान २०४२ सालमा चिल्ड्रेन पार्कका नाममा निर्माण भएको थियो। तत्कालीन नगर पञ्चायतले सो बाल उद्यान निर्माण गरेको थियो। त्यही बेलादेखि बाल उद्यानमा चिप्लेटी, झुला, पिङसहित बालबालिकाका लागि मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्