काठमाडौं– अनिवार्य अवकाश पाउन लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको बिदाइ गरिएको छ। फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भए पनि मंगलबार सार्वजनिक बिदा परेकाले सोमबार नै उनको बिदाइ गरिएको हो।
२०७१ फागुन १५ मा अख्तियारको आयुक्तमा सिफारिस भएका बस्न्यात २०७४ मा प्रमुख आयुक्त बनेका थिए।
उनको अवकाशपछि आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी वरिष्ठतम् आयुक्त नवीन घिमिरेले सम्हाल्नेछन्। प्रमुख आयुक्तले अवकाश पाएको अवस्थामा वरिष्ठ आयुक्त कार्यवाहक हुने कानुनी प्रावधान छ।
एमाले निकट मानिने घिमिरे नै आयोगको प्रमुख आयुक्त हुने सम्भावना छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्ले प्रमुख आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।