काठमाडौं- पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको छ।
तीन वटा दलले बुझाएको समानुपातिक सांसदको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएको आयोगले जनाएको छ। आयोगले सूची सच्याएर पठाउन दुई दिनको समय दिएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाले बुझाएको सूचीमा त्रुटि भेटिएको आयोगले उल्लेख गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीको सोमबार बसेको बैठकले तीन दलले बुझाएको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतमा त्रुटि देखिएको भन्दै सच्याउन फागुन २ गतेसम्मको समय दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।