नयाँ दिल्ली (एजेन्सी)– ‘पद्मावत’ भारतीय सिनेमा उद्योगमा २ सय ५० करोडभन्दा बढी कमाउने आठौं फिल्म बनेको छ।
फिल्मले रिलिज भएको १८औं दिन घरेलु बक्स अफिसमा २ सय ५४ करोड नेट व्यापार गरेको बलिउडका व्यापार विश्लेषक रमेश बालाले जनाएका छन्। फिल्मले पहिलो साता १६६.५० करोड, दोस्रो साता ६९.५० करोड र तेस्रो साता १८ करोड कमाएको थियो।
सञ्जय लीला भन्साली निर्देशित फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।