काठमाडौं– राठीकोलको उत्पादनबाट सफलता पाएको राठी ग्रुपले भारत र जर्मनीका नयाँ उत्पादनहरू नेपाली बजारमा ल्याउने भएको छ।
राठी ग्रुपले भारतको ताल्चा–चाबी उत्पादक कम्पनी ह्यारिसन, ‘विम्बली पेन्ट्स’, ‘कुमी कटिङ्स’ तथा जर्मनीको ‘लोहमन’ र ‘बिएएसएफ’ लाई नेपालमा एक्लो एजेन्टको रुपमा बिक्री गर्ने भएको हो।
राठी ग्रुपका निर्देशक अरुण राठीले यस वर्षदेखि विदेशी कम्पनीका नम्बर एक उत्पादनलाई नेपाली बजारमा ल्याउन लागेको जानकारी दिए। नेपाल बिल्डकन एक्स्पोमा आफ्नो समूहले सञ्चालन गरेका उत्पादनबारे जानकारी दिँदै उनले भने, ‘राठीकोलले नेपाली बजारमा राम्रो प्रभाव जमाएपछि हामीले विदेशमा राम्रो छाप बनाएका अन्य कम्पनीको स्वामित्व ग्रहण गरेका हौं।’
राठी ग्रुपले नेपालमा बिक्री गर्न लागेको ह्यारिसन साँचोको भारतमा १ सय वर्ष लामो इतिहास छ।
निर्देशक राठीले आफूहरुले भारतीयसँगै जर्मनी उत्पादन पनि थपिएको बताए। जर्मनी कम्पनीको ठूलो सिसा, मार्बलको टुक्रा लगायत टाँस्न सक्ने ‘लोहमन टेप’ नेपाली बजारमा ल्याउन लागेको उनले जानकारी दिए। यस्तै, जर्मनीकै केमिकल कम्पनी बिएएसएफका उत्पादन पनि बिक्री गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।