एजेन्सी– भारतीय सुपरस्टार रजनीकान्तका यस वर्ष दुई वटा फिल्म रिलिजको तयारीमा छन्, ‘२.०’ र ‘काला’। फिल्म ‘२.०’ ले रिलिजको मिति सारिरहँदा ‘काला’को भने प्रदर्शन मिति तय भएको छ।
निर्माता धनुषले ट्विट गर्दै अप्रिल २७ मा फिल्म प्रदर्शनमा आउने जनाएका छन्।
फिल्ममा रजनीकान्त एक पाको उमेरको डनको रुपमा देखिएका छन्। सर्वसाधारणमाथि अत्याचारको विरुद्धमा उनले जुझारु पात्रको भूमिका निर्वाह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
फिल्ममा रजनीकान्तसँगै नाना पाटेकर, अञ्जली पाटिल, अरविन्द अकाश लगायत कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।