काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा बुझाएको छ।
राजपा अध्यक्ष मण्डलको सोमबार बसेको बैठकले समानुपातिकतर्फका ६ जनाको नाम टुंगो लगाएको हो।
राजपाले बुझाएको सूचीमा चन्दा चौधरी, निर्जला राउत, रानी मण्डल, राम दुलारी खंग, अमृता अग्रहरि र रेनु शर्मा परेका छन्।
आयोगले समानुपातिकतर्फको सूची बुझाउन सोमबारसम्मको समय दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।