काठमाडौं- प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा निर्माणमन्त्रीमा केशव स्थापित नियुक्त भएका छन्।
डोरमणि पौडेलले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै स्थापितलाई समावेश गर्दै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। काठमाडौं महानगरपालिकाको मेयर भइसकेका स्थापित प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदार हुँदै अन्तिममा प्रादेशिक सरकारको मन्त्रीमण्डलमा अटाएका छन्।
मन्त्रीमण्डलमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेललाई समेत समावेश गरिएको छ। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।