• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुखाई महशुस हुन नदिने एनेस्थेसिया के हो ?

64x64
नेपाल लाइभ सोमबार, माघ २९, २०७४  २०:०१
1140x725

एनेस्थेसिया भन्ने शब्द आममानिसले बिरलै सुनेका होलान् । एनेस्थेसियालाई चिकित्सा विधामा नै ठ्याक्क कसरी बुझ्ने भनेर धेरैलाई अन्यौल हुन सक्छ । त्यसैले हाम्रो गाउँघर, समाज, बिरामी, आफन्तले बुझ्ने भाषामा एनेस्थेसियाको महत्व, आवश्यकता र खतराबारे केही जान्न जरुरी छ । खासगरी शल्यक्रिया गराउन तयार रहेका बिरामी वा उसको आफन्तले यसबारे जानकारी राख्दा सहयोग पुग्नेछ ।

१७औँ शताब्दीको मध्यतिर शल्यक्रियाको अवधारणा आएको हो । तर त्यसबेला एनेस्थेसियाबारे कुनै खोज नै भएको थिएन । पहिला–पहिला गाँजा, भाङ, धतुरो प्रयोग गरेर लठ्याएर, टाउकोमा हिर्काई बेहोस पारेर क्रुर तरिकाले शल्यक्रिया गरिन्थ्यो । १७औँ सताब्दीको अन्त्य र १८औँ शताब्दीको सुरुतिर मानिसलाई बेहोस पर्ने उपायहरुको खोजी भयो । नाकबाट सुँघाउने ग्यासहरु पत्ता लगाएर प्रयोगमा ल्याइयो । त्यसताका शल्यक्रिया गर्दा बिरामी बचाउन सक्ने वा नसक्ने निधो हुँदैन थियो । तर, कसरी बिरामीलाई नहल्लिने, नचल्ने, नदुख्ने बनाउन सकिन्छ र शल्यक्रिया गर्न सकिन्छ भन्नेमै चिकित्सकहरु केन्द्रित हुन्थे । १९औँ सताब्दीदेखि एनेस्थेसियाको प्रयोग र विधिमा विकास हुन थाल्यो । युरोप, अमेरिका जस्ता मुलुकमा शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस पार्न यसलाई सुरक्षित ठानिन थाल्यो । ठूला–ठूला शल्यक्रियाहरु सफल हुन थाले ।

एनेस्थेसियाको अर्थ अचेतना वा चेतना शून्य (बेहोस) बनाउने भनेर लगाइन्छ । चिकित्सा विज्ञानमा यसलाई निकै संवेदनशील र चुनौतीपूर्ण मानिन्छ । शल्यक्रिया गर्ने क्रममा मानिसको जुन भागमा रोग लागेको हुन्छ, त्यसलाई चिरेर या काटेर फ्याँक्नुपर्ने हुन्छ । त्यस्तो बेला बिरामीलाई हुने पीडा र छटपटि घटाउन बिरामीलाई मस्त निद्रामा सुताइन्छ। हातगोडाका मांशपेसीलाई अचल बनाइन्छ । मुटुको काम जस्ताको त्यस्तै राखिन्छ । स्वाशप्रश्वास मेसिनको सहायताले गराइन्छ । बिरामीको मुटुको चाल, रक्तचाप, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदिलाई मेसिनको सहायताले लगातार निगरानीमा राखिन्छ । शल्यक्रिया पूरा भएपछि अन्य औषधीको प्रयोगले बिरामीलाई होसमा फर्काइन्छ । यही  प्रक्रियालाई जनरल एनेस्थेसिया भनिन्छ ।

शरीरको अंगको शल्यक्रिया अनुसार एनेस्थेसियाको प्रविधि पनि फरक–फरक हुनेगर्छ । बच्चा जन्माउन गरिने शल्यक्रिया, खुट्टाको वा छातिमुनिको शल्यक्रियामा प्रयोग गरिने प्रविधिलाई स्पाइनल एनेस्थेसिया भनिन्छ । साना घाउ, शरीरका डल्लाडल्ली, पिलोहरु चिर्नुपर्ने हुँदा त्यही ठाउँ मात्रै लट्ठ्याउने विधिलाई लोकल एनेस्थेसिया भनिन्छ ।

शल्यक्रियाको कुरा आउनसाथ बिरामीहरु अत्तालिने गर्छन् । शल्यक्रिया नगरी रोग कसरी निको पार्ने होला भन्दै धेरैतिर भौँतारिरहन्छन् । प्रायःको उस्तै भनाइ हुन्छः ‘सहनै नसक्ने गरी दुख्छ । बेहोस पारेको बेला होसमै नआई मरिने हो कि?’

Ncell 2
Ncell 2
nimb
nimb

बिरामीले यस्ता प्रश्न गर्नु असामान्य पनि होइन । तर, २१औं शताब्दीमा विकास भएको चिकित्सा विज्ञानका उपायहरु निकै विश्वासयोग्य छन् । विगत १५–२० वर्ष यता नेपालमा चिकित्सा विज्ञानले ठूलो फड्को मारेसँगै एनेस्थेसिया सम्बन्धी विज्ञ–चिकित्सकसँगै प्रविधिहरु, औषधी, उपकरणहरु उपलब्ध छन् । जसले गर्दा ठूला तथा जटिल शल्यक्रिया पनि नेपालमै सुरक्षित तवरले गर्न सकिएका छन् । र ती सफल पनि भएका छन् । म आफैँ पनि यही विधाको चिकित्सक भएर हेर्दा, विगतको तुलनामा एनेस्थेसिया अहिले धेरै सुरक्षित हुँदै आएको छ ।

एनेस्थेसिया दिएर शल्यक्रिया गराउँदा बिरामीको ज्यान जोखिममा पर्दै पर्दैन भनेर भन्न खोजिएको होइन । तर, एनेस्थेसिया नगरी शल्यक्रिया गर्दा जोखिम बढी हुने चाहिँ पक्का हो । बिरामीलाई शल्यक्रियामा लैजानुअघि एनेस्थेसियाका विज्ञ चिकित्सकले बिरामीलाई पूर्ण जाचँ गर्छन् । ब्लड प्रेसर, दम, मधुमेह, मुटुको रोग साथै अन्य दीर्घकालीन रोग भएका बिरामीलाई यस्ता समस्या नभएका बिरामीको तुलनामा जोखिम बढी हुन्छ । तसर्थ यस्ता जोखिम घटाउन ब्लडप्रेसर, दम, मधुमेह जस्ता रोगलाई औषधिको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि रगतमा चिनी को मात्रा, दम, धम्की जस्ता रोगलाई औषधीहरुको प्रयोगले सामान्य अवस्थामा ल्याएपछि मात्र शल्यक्रियाका लागि बेहोस पार्दा जोखिम न्यून पार्न सकिन्छ । त्यसैले अगाडिदेखि नै शरीरमा विभिन्न रोग बोकेका मानिसलाई कुनै शल्यक्रिया गर्नु पर्नेछ भने केही दिन वा केही हप्तापछि गर्दा राम्रो हुन्छ भनेरै शल्यक्रियाको मिति सारिएको पनि हुन्छ ।

तर बिरामीको अवस्था निकै नाजुक छ । तत्काल शल्यक्रिया नगरी हुँदैन भने त्यस्तो संवेदनशील अवस्थामा एनेस्थेसिया दिएर शल्यक्रिया गर्नुपर्ने भएमा बिरामीको ज्यान तलमाथि पर्न सक्छ ।
सबै कुरा बुझेर शल्यक्रियामा जाने बिरामीको आत्मबल पनि बढेको हुन्छ र स्वास्थ्य स्थिति बुझेर योजनासहित शल्यक्रिया गर्दा खतरा पनि कम हुन्छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 
(डा. रेग्मी चितवन मेडिकल कलेजमा एनेस्थेसिया विभागको सह–प्राध्यापक हुन्)

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्