काठमाडौं– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजले २६औं बार्षिकोत्सव अवसरमा पूर्व आईजिपी अच्युतकृष्ण खरेललाई सम्मान गरेको छ। प्रतिष्ठानको पूर्व समादेशकका रुपमा उनलाई सोमबार सम्मान गरिएको हो।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उनलाई सम्मान गरेका हुन्।
त्यसै गरी लामो समयसम्म वाह्रय प्रशिक्षकको रुपमा सेवा गरेका पूर्व प्रहरी निरीक्षक इन्द्रबहादुर थापालाई सम्मान गरिएको छ। वार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो।
कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले एकात्मक राज्य प्रणालीमा अभ्यस्त नेपाल प्रहरीलाई प्रदेश र स्थानिय संरचनामा कार्यरत रहँदा आजको स्तर र एक्यवद्धतालाई जोगाउन प्रशिक्षण संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले प्रतिष्ठानको ई–बुलेटिन र एनपीए भिडियो ग्यालरीको उदघाटन गरेका थ्रिए।
कार्यक्रममा सम्मानित भएका सदर प्रहरी तालिम समादेशक पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले तत्कालीन समयमा पु¥याएको योगदानको कदर स्वरुप सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै सवैको साझा प्रतिष्ठानको उन्नतीका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले प्रतिष्ठानको गतिविधी तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए।
ी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।