नयाँदिल्ली- भारतको उत्तराखण्ड राज्यमा एक सवारी साधन सडकबाट तल खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।
प्रान्तीय राजधानी देहरादुनबाट १ सय ५० किलोमिटर टाढा पर्ने पहाडी जिल्ला उत्तरकाशीमा दुर्घटना भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानकाअनुसार चालकले नियन्त्रण गुमाएर सवारी साधन दुर्घटना भएको पाइएको छ। उच्च गतिमा रहेको अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको हुनसक्ने एक वरिष्ठ प्रहरी अधिकारीले भने।
घाइतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्। दुर्घटनामा परेको सवारी साधन लामगाउँबाट उत्तरकाशी जाँदै गरेको थियो।
यस्तै भारतकै झारखन्ड राज्य पनि एक यात्रुबाहक बस नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ। झारखन्ड प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि अन्य २ जना घाइते भएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।