हेटौंडा- प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख अनुराधा कोइरालाले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराएकी हुन्।
संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पौडेल पहिलो व्यक्ति हुन्। अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ। पौडेल नेकपा एमाले संसदीय दलका नेता पनि हुन्।
मुख्यमन्त्री पौडेलले हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ।
पौडेल २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर थिए। उनीसँग नेपाल नगरपालिका संघमा १५ वर्ष अध्यक्ष भएर काम गरेको अनुभव पनि छ। संविधान जारी भएपछि गठित स्थानीय तह पुनर्संरचना आयोगमा उनी सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।