काठमाडौं- संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातितर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार राति सम्पन्न पार्टीको पदाधिकारी सहितको बैठकले समानुपातिक ६ जनाको नाममा निर्णय गरेको थियो।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ फोरमले ६ सिट पाएको थियो। आयोगमा बुझाइएको सूची अनुसार मधेशी महिलातर्फ रेणु यादव, खस महिलामा सरिता गिरी, मुस्लिम महिलामा रोही नाज, जनजाति पुरुषमा राजेन्द्र श्रेष्ठ, जनजाति महिलामा रेनुका गुरुङ र दलितमा कलुदेवी विश्वकर्माको नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।