काठमाडौं- पार्टी एकतालाई निष्कर्षमा पुर्याउन वाम गठबन्धनका शीर्ष नेता गोप्य छलफलमा छन्। नयाँ सरकार गठन अगाडि नै एकीकृत पार्टीको रुपरेखा तयार गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वार्ता भइरहेको छ। स्रोतका अनुसार दुवै नेताबीच अहिले गोप्य स्थानमा निर्णायक वार्ता चलिरहेको छ।
नयाँ सरकार गठन र पार्टी एकताको विषयमा दुवै दलका शीर्ष नेताले गत बिहीबार करिब ३ घन्टा छलफल गरेका थिए। बैठकले भोलिपल्टै अर्थात् शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
पार्टी एकता भाँडिने अवस्थामा पुगेको भन्दै विभिन्न तहबाट आशंका व्यक्त भइरहेको समयमा दुवै दलका शीर्ष नेता प्रक्रियालाई निर्णायक तहमा पुर्याउने गरी तयारीमा जुटेका हुन्।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले वार्ता सकारात्मक दिशामा अघि बढेको भन्दै एक दुई दिनमा नतिजा निस्कने बताएका छन्। दाहालले एकीकृत पार्टीको नेतृत्व माओवादीलाई दिएर एकता प्रक्रिया टुङ्गोमा पुर्याउन एमाले सकारात्मक देखिएको बताउँदै केही दिनमै नतिजा निस्कने बताएका हुन्।
स्रोत भन्छ, 'पार्टी एकता संयोजन समितिको बैठक बस्ने बित्तिकै एकता प्रक्रियाको विषयमा ‘ब्रेक थ्रु’ हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।