म्याग्दी -बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुङ्गे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।
ग १ ज ५७६० नं को बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो । पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।