काठमाडौं, २८ माघ।
बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभनमा पारी २० लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई उपत्यकाको विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घोराही–४ घर भई हाल काठमाडौं, बुढानिलकण्ठ बस्ने ३२ वर्षीय नरेन्द्र महरा, दार्चुला भगवती–४ घर भई हाल ललितपुर बुङमती बस्ने ३३ वर्षीय ईन्द्रसिंह धामी र २८ वर्षीय भुपेन्द्रसिंह धामी तथा चितवन कालिका नगरपालिका–१ घर भई हाल काठमाडौं टेकु बस्ने २४ वर्षीय बिलाश पराजुली रहेका छन् ।
उनीहरुलाई २० लाख ५० हजार रुपैयाँ ,आईफोन ६ थान र बा. ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित प्रहरीले पक्राउ गरेको हो ।
साथै घटनामा पक्राउ परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनमा रेडपाण्डाको छालाको फोटो देखेपछी अनुसन्धान गर्ने क्रममा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बस्ने भरत विलाश पराजुलीलाई काठमाडौ कपन शिव मन्दिरबाट प्रहरीले पक्राउ गरेको थियो । पराजुलीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यलाय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।