काठमाडौं– अस्ट्रेलियामा बस्दै आएका गायक ईश्वर पोखरेल अविरलको नयाँ गीत सार्वजनिक भएको छ। ‘तिम्रो दिलको साम्राज्यमा’ बोलको गीतको भिडियोमा केकी अधिकारी र नाजिर हुसेन फिचरिङ छन्।
दावा लामाको शब्द र आनन्द राईको संगीतमा रहेको उक्त गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। क्लासिकल रोमान्टिक बेसमा तयार भएको उक्त गीतको भिडियोमा केकी र नाजिरलाई रोमान्टिक जोडीका रुपमा देख्न सकिन्छ।
बुद्ध थापाले छायांकन गरेको भिडियो राजधानीको हसनटार आसपास छायांकन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।