काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई चुनावको अन्तिम परिणाम बुझाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरेको छ।
आयोगले फागुन पहिलो साताभित्र निर्वाचनको सम्पूर्ण मतपरिणाम राष्ट्रपति भण्डारीलाई बुझाउने तयारी गरेको छ। आयोगले राष्ट्रियसभाको निर्वाचन नभएको भन्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूची सार्वजनिक गरेको छैन। माघ मसान्तभित्र समानुपातिकतर्फको सूची बुझाउन आयोगले राजनीतिक दलहरुलाई सूचित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।