काठमाडौं- नेसनल मर्चेन्ट बैङ्करले ३० मिनेटमै निःशुल्क डिम्याट खाता खोल्ने योजना ल्याएको छ। बैङ्करले समय र पैसा दुवैको वचत गर्ने उद्देश्यले ३० मिनेटमै निःशुल्क खाता खोल्ने योजना ल्याएको जनाएको छ।
सेयरमा लगानी गर्ने लगानीकर्ताले नेसनल मर्चेन्ट बैङ्करको कार्यालय ज्ञानेश्वर काठमाडौंमा गएर डिम्याट खाता खोल्न सक्ने कम्पनीले जनाएको छ।
बैङ्करले निक्षेप सदस्यको अलावा लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी सर्भिस तथा सेयर बजार सम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ।
कम्पनीले निकट भविष्यमा घरमै बसीबसी डिम्याट खाता खोल्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याउने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।