काठमाडौं- वाम गठबन्धन आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री नियुक्तिको तयारी सुरु गरेका छन्। एमालेको एक्लै बहुमत रहेका प्रदेश ३ मा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्दैछ। प्रदेश ३ मा माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले एमालेका डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखलाई लिखित पत्र पठाएका छन्।
प्रदेश ५ मा एमाले सचिव शंकर पोखरेललाई मुख्यमन्त्री चयन गर्न एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आह्वान गर्ने तयारी गरेका छन्। माओवादीले आजै बैठक बसेर पोखरेललाई मुख्यमन्त्री नियुक्तिका लागि पत्र लेख्ने बताएको छ।
बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।