चितवन- देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन्।
अघिल्लो कार्यसमितिमा महासचिव रहेका कँडेललाई चितवनमा सम्पन्न समितिको १४औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो।
समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा प्रवीण केसी, किरण भुषण ओली, इन्द्रलाल श्रेष्ठ, चन्द्रमायाँ क्षेत्री, भरत कार्की, अञ्जनकुमार पौडेल, घुम्मन चौधरी, जनार्दन अधिकारी, माधवप्रसाद अर्याल, सुदर्शन आचार्य र गोकुलनाथ पौडेल निर्वाचित भएका छन्।
बन्द सत्रले सबै कार्यसमिति निर्विरोध चयन गरेको हो। संघमा देशभरका ७ सय कुखुरापालक किसान आबद्ध छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।