एजेन्सी– जोया अख्तरले बनाउन लागेको फ्लिममा अभिनेत्री आलिया भट्ट र रणवीर सिंह एकसाथ देखिएका छन्। फिल्म ‘गली बाँय’मा यो जोडी एकसाथ देखिने भएको हो। फिल्मको फस्टलुकसमेत सार्वजनिक भइसकेको छ।
अभिनेता रणविर सिंहले ट्विटर मार्फत फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन्। फस्टलुकमा रणवीर र आलिया देखिएका छन्। यो फिल्म २०१९ को प्रणय दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।
रणवीरले ट्विटरमा लेखेका छन्, '१४ फरबरी २०१९ गली बाँय'
भारतीय सञ्चार माध्यमका अनुसार यस फिल्मको सुटिङ भारतको मुम्बईको स्लम एरियामा भइरहेको छ। जहाँ आलिया एक मुस्लिम महिलाका रुपमा देखिनेछिन्।
समाचार अनुसार यो फिल्म मुम्बईको एक झोपडीमा बस्ने बलात्कारी नाजी र डिवाईनको जीवन कथामा आधारित रहेर निर्माण भइरहेको छ। नाजी र डिवाइन स्ट्रिट बलात्कारी हुन्छन्। फिल्ममा यिनै २ बलात्कारीको कथालाई उतारिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।